बैशाख १९ गते,इनरुवा । सुनसरीको इनरुवामा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट जिल्ला प्रहरी कार्यालय,सुनसरीमा कार्यरत प्रहरी जवानको मृत्यु भएको छ ।
मंगलबार राति करिब १० बजे इनरुवा नगरपालिका वडा नं-६ हलेसी चौक नजिक भएको दुर्घटनामा प्रहरी जवान खड्काको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीका अनुसार नम्बर नखुलेको सवारी साधनको ठक्करबाट गम्भीर घाइते खड्कालाई उपचारका लागि विराटनगरकाे न्यूरो अस्पताल लगिएको थियो । खड्काकाे उपचारको क्रममा मृत्यु भएको हाे ।
घटनाबारे थप अनुसन्धान भइरहेको भण्डारीले जानकारी दिए ।