Sunday, November 9, 2025
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

इनरुवाका मारवाडी समुदाय पसलमा दान–पात्र राखेर समाजसेवा गर्दै

गणेश कुमार यादव by गणेश कुमार यादव
May 1, 2024
in मुख्य समाचार
0
इनरुवाका मारवाडी समुदाय पसलमा दान–पात्र राखेर समाजसेवा गर्दै
46
SHARES
Share on FacebookShare on Twitter
ADVERTISEMENT

बैशाख १९ गते,इनरुवा । इनरुवा नगरक्षेत्रमा बसोबास गरि व्यापार व्यवसाय गर्दै आएका मारवाडी समुदायका युवाहरुले आफ्नै समुदायको पसलमा स्वेच्छिक दान–पात्र राखेर समाजसेवा गर्दै आएका छन ।

इनरुवा बजारमा रहेका हरेक मारवाडी समुदायका पसलमा मारवाडी युवा मञ्च इनरुवा नगर कार्य समितीले सामाजिक सेवार्थ टिनको बाकसमा ताला लगाएर दान–पात्र राखि रकम संकलन गरेर सामाजसेवा गर्न थालेको हो ।

मारवाडी युवा मञ्च इनरुवाका अध्यक्ष आन्नद चित्लाङ्गीयाका अनुसार हरेक मारवाडी समुदायका पसलमा दान–पात्रको बाकस राखिएकाले सवैले दैनिक, हप्ता वा मासिक रुपमा स्वेच्छाले रकम दिने गरेका छन ।

६ महिना अगाडिबाट राखिएको दान–पात्रको बाकस एकवर्षमा अनिवार्य खोल्ने योजना रहेपनि रकमले भरिएको अवश्थामा वा सामाजिक सेवाका लागि रकम आवश्यकता परेको खण्डमा खोल्ने मारवाडी युवा मञ्चको नीतिअनुसार राखिएको छ ।

प्रत्येक मारवाडी समुदायका सवै उमेर समुहका व्यक्तिहरुले आफ्नो इच्छा अनुसार आम्दानी वापतको केही रकम उक्त दान–पात्रको बाकसमा दिने गरेका छन ।

बजारका पसलमा राखिएका प्रत्येक बाकसमा नम्बर राखी ताला लगाएर युवामञ्चले चावी राख्ने गरेको छ ।

इनरुवा १ स्थित शान्तीचोकमा खाद्यान्नको व्यापार व्यवसाय गर्दै आएका फणिभुषण पंचारियाले मुख्य पेशा व्यापार व्यवसायमा केन्द्रीत रहेका मारवाडी समुदायले समाजमा विभिन्न माध्यमबाट योगदान दिदै आएकोमा मारवाडी युवा मञ्चले आम्दानी अनुसार प्रत्येक पसलबाट स्वेच्छिक रुपमा रकम दान–पात्रमा दिनुपर्ने अभियान थालनी गरेर असल कामको सुरुवात गरेको बताए ।

युवा मञ्चका अध्यक्ष चित्लागियाले मारवाडी युवा मञ्च स्थापना भएपछि अनाथ आश्रममा खाद्यन्न सहयोग, फागु पुर्णिमामा रड्ड उत्सव, विभिन्न समयमा पिउने पानी वितरण, रक्तदान तथा वृक्षारोपण कार्यक्रम, मठमन्दिर सरसफाई तथा रड्डरोगन, गरिब विपन्न असाहयलाई सहयोगलगायतका सामाजिक सेवाका कार्य गर्दै आएको बताए ।

इनरुवामा रहेका मारवाडी युवाहरु प्रत्येक महिना एकपटक भेला भएर बैठक बसि सामाजिक सेवाका योजनाहरु बनाएर विभिन्न प्रकारका सेवामुलक कार्यहरु गर्दै आएका छन ।

श्राेत : वर्णमाला दैनिक

Previous Post

रहेनन् प्रहरी जवान खड्का

Next Post

अरविन्द पल्प एण्ड पेपर मिलमा कार्यरत्त मजदुरहरु आन्दोलीत

Next Post
अरविन्द पल्प एण्ड पेपर मिलमा कार्यरत्त मजदुरहरु आन्दोलीत

अरविन्द पल्प एण्ड पेपर मिलमा कार्यरत्त मजदुरहरु आन्दोलीत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2799 shares
    Share 1120 Tweet 700
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2221 shares
    Share 888 Tweet 555
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1527 shares
    Share 611 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1384 shares
    Share 554 Tweet 346
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1369 shares
    Share 548 Tweet 342

 

 

सम्पर्क

9ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist