ADVERTISEMENT
Monday, May 11, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

निर्माणाधिन मन्दिरबाट मुर्ति चोरी

गणेश कुमार यादव by गणेश कुमार यादव
May 19, 2024
in मुख्य समाचार, स्थानीय समाचार
0
निर्माणाधिन मन्दिरबाट मुर्ति चोरी
63
SHARES
Share on FacebookShare on Twitter
इनरुवा, ६ जेठ । सुनसरीको  इनरुवा नगरपालिका वडा नं-४ त्रिबेणीघाटमा निर्माणाधिन रहेको त्रिवेणी घाट हनुमान मन्दिरबाट मुर्ति चोरी भएको छ ।

निर्माणाधिन मन्दिरमा जेष्ठ ३ गते बिहिवार हनुमानको मुर्ति स्थापना  गरेको र सोहि दिन वेलुका मुर्ति चोरी भएको त्रिवेणी घाट हुनमान मन्दिर निर्माण उपभोक्ता समितिले जनाएको छ ।

इनरुवा नगरपालिका ४ का वडा अध्यक्ष बौवालाल मेहताले विहिवार विहान ९ बजेको समयमा हनुमान मन्दिर भित्र मुर्ति स्थापना  गरेको जानकारी दिए । उनले विहान ९ बजे स्थापना  गरेको मुर्ति सोहि दिन बेलुका ८ बजे चोरी भएको जानकारी आफुलाई आएको र हेर्न जादाँ मन्दिरमा लगाएको ताल्चा फुडेर मुर्ति चोरी भएको अवस्था देखिएको बताए ।

स्थानिय वडाबासी विच मन्दिरमा मुर्ति राख्ने विषयमा विवाद भएको थियो । स्थानियले फाईवरको मुर्ति राख्नु हुदैन, मार्वलको मुर्ति राख्नुपर्छ भन्ने थियो तर इष्टिमेटमा फाईवरको मुर्ति राख्न भनेकोले फाईवरको मुर्ति राखिएको इनरुवा ४ का वडाअध्यक्ष मेहताको भनाई छ ।उनले मन्दिर चोरी भएको विषयमा जिल्ला प्रहरी कार्यालय सुनसरीमा जाहेरी दिएको र प्रहरीले अनुसन्धान तिव्ररुपमा गरिरहेको जानकारी दिए ।

मन्दिरका पुजारी बच्चा मेहताले बिहिवार बेलुका ७ बजे आफुले त्यहाँ भएको पुरानो मन्दिरमा पुजाआज गरेको र मेरो हात काटिएकोले उपचारको लागि बाहिर निस्केको तर फर्केर आउदाँ मन्दिरको ढोका खुल्ला रहेको देखिएको बताए । अनि निर्माणधिन मन्दिर भित्र हेर्न जादा मुर्ति नभएकोले तुरुन्त समितिका पदाधिकारीहरुलाई जानकारी गराएको उनले बताए । साथै उनले मुर्ति राखिएको मन्दिरको साँचो आफुलाई नदिई समितिले नै राखेको समेत बताए ।

निर्माण प्रकृयामा रहेको मन्दिर भित्र स्थापना गरिएको मुर्ति चोरी हुनु दुःखद भएको इनरुवा ४ का स्थानिय डा. सूर्य नारायण मेहताले भने, उनले चोरी गर्नेलाई अविलम्व अनुसन्धान गरि कारवाही गर्नुपर्ने बताए ।

इनरुवा ४ का स्थानिय लक्ष्मि साहले आफुलाई मन्दिरमा मुर्ति राखिएको जानकारी नभएको प्रतिकृया दिए ।

इनरुवा ४ का पूर्व वडाअध्यक्ष शयामदेव मेहताले मन्दिर निर्माण प्रकृया आफ्नो कार्यकालमा शुरु गरेको तर विभिन्न कारणले सम्पन्न गर्न नसकिएको जानकारी दिए । उनले अहिलेको वडाअध्यक्षले स्थानिय वडावासी संग समन्वय नगर काम गर्ने गरेको अरोप लगाए । मुर्ति राख्ने विषयमा विबाद भयो, स्थानियले शंखममरको मुर्ति राख्नु पर्ने भने तर फाईवरको मुर्ति ल्याउने काम भयो, जसले गर्दा मन्दिरमा मुर्ति राख्ने विषयमा स्थानियहरु असन्तुष्ट रहेको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले मुर्ति चोरीको घटनाको सम्वन्धमा अनुसन्धान भईरहेको जनाएको छ ।

Tags: निर्माणधिन मन्दिरबाट मुर्ति चोरीमन्दिरबाट मुर्ति चोरी
Previous Post

आगलागीबाट पीडित भएका घरपरिवारलाई खाद्यान्न सामाग्री वितरण

Next Post

वडा अध्यक्षको ठेक्केदार र माटो तस्कारसम्मको मिलिभगतमा सुनसरी खोला अवैध उत्खनन्

Next Post
वडा अध्यक्षको ठेक्केदार र माटो तस्कारसम्मको मिलिभगतमा सुनसरी खोला अवैध उत्खनन्

वडा अध्यक्षको ठेक्केदार र माटो तस्कारसम्मको मिलिभगतमा सुनसरी खोला अवैध उत्खनन्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2806 shares
    Share 1122 Tweet 702
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2233 shares
    Share 893 Tweet 558
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1692 shares
    Share 677 Tweet 423
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1394 shares
    Share 558 Tweet 349

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist