इनरुवा । सनुसरीको कोशी गाउँपालिका ५ कुम्याहीका असराफुल हक जग्गा खरिदको नाममा ठगीमा पर्नुभएको छ । हकले आफूसंग जग्गा दिने भन्दै सप्तरीको राजविराजका ५० वर्षिय शैलेन्द्रचन्द झाले झण्डै ७० लाख रुपियाँ ठगि गरेको दावी गर्नुभएको छ । भारतीय नागरिक सुधिर मिश्रको जग्गा कोशी गाउँपालिका ५ श्रीपुरमा रहेको किता नम्बर ६२२ को १६ कठ्ठा २ धुर किन्नका लागि मिश्रका सालो रहनुभएको शैलेन्द्रचन्द झाले झण्डै ७० लाख रुपियाँ ठगि गरेको दावी गर्नुभएको छ । जग्गा बापत ६४ लाख रुपियाँ र पास गर्ने नाममा पनि सात लाख २५ हजार रुपियाँ लिएर झाले पछि अर्कैलाई बेचेपछि आफू ठगिएको थाहा पाएर मिडियामा न्यायका लागि आएको बताउनुभयो । हकले आफूले किन्न वैनानामा गरेको र ढिलासुस्ती गर्दा २०८० कार्तिक १५ गते कोशी गाउँपालिका ५ नम्बर वडा कार्यालयमा रोक्काका लागि निवेदन दिएको तर अर्कैलाई पास गरेपछि तनावमा परेको बताउनुभयो । प्रहरीमा समेत झाका विरुद्ध उजुरी गरेको र झालाई पक्राउ गरेको भएपनि विरामीको वाहाना बनाएले त्यसमा छानविन गर्नुपर्ने र कार्वाही गर्नुपर्ने माग गर्नुभएको छ ।
video Our Sunsari .Com