इनरुवा, ७ असार । आज दशौँ अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरि मनाइएको छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ। यसवर्ष ‘‘महिला सशक्तीकरणका लागि योग’ भन्ने नाराका साथ दिवस मनाइएको हो ।
सुनसरीको इनरुवामा पनि विभिन्न कार्यक्रम गरि योग दिवस मनाएको छ । जिल्ला आर्यूवेद स्वास्थ्य केन्द्र सुनसरी, पतञ्जली योग समिति, जिवन विज्ञान, यूवा नेपाल समिति लगायतका सघ/ संस्थाहरुले योग दिवस मनाएको छ ।
सरकारले दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको छ ।
मूल समारोह समितिको गत जेठ ३० गतेको बैठकले दिवसको आदर्श वाक्य ‘महिला सशक्तीकरणका लागि योग’ चयन गरेको थियो । सोही बैठकले प्रदेश र स्थानीय तहमा पनि योग दिवस मनाउन पत्राचारका साथै विद्यालयस्तरमा दिवस मनाउन सबै शिक्षा विकास तथा समन्वय एकाइमार्फत विद्यालयहरूलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।
संयुक्त राष्ट्रसङ्घको महासभाबाट सन् २०१४ को डिसेम्बर ११ मा योग दिवस मनाउने प्रस्ताव पारित भएपछि सन् २०१५ को जुन २१ देखि यो दिवस मनाउन थालिएको हो । महासभामा उक्त प्रस्ताव भारत सरकारले प्रस्तुत गरेको थियो ।
श्राेत : पपुलर न्यूज