असार २४ गते,इनरुवा । सुनसरीको इनरूवा नगरपालिकामा स्थायी दरबन्दीमा कार्यरत इन्जिनियर साैरभ निराैलालाई साेही कार्यालयमा करारमा कार्यरत इन्जिनियर उमेश्वर मेहताले कुटपिट गरेका छन ।
दुइजना बिच कार्यालयकाे काम कार्यका बारेमाफसामान्य भनाभन हुदाँ आक्राेशित बनेका मेहताले एक्कासि इन्जिनियर निराैलालाई मुक्का प्रहार गर्दै कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन ।
निराैलालाई नगरपालिकाले विगत ४ वर्षदेखि पन्छाएर जिम्मेवारी बिहिन बनाएर राख्दै आएको छ ।
करार कर्मचारीकाे बाहुल्य रहेको नगरपालिकामा लाेकसेवा पास गरेका स्थायी कर्मचारीलाई टिक्न नदिएर खेदाउने गरिएको गुनासो स्थायी कर्मचारीले गर्दै आएका छन ।
इन्जिनियर उमेश्वर मेहता अधिल्लाे कार्यकालमा मेयर राजन मेहता र हाल मेयर केदार भण्डारीलाई रिझाएर याेजना फाँटमा प्रमुख भएर काम गर्दै आएको बताईन्छ ।
स्राेत : सुनसरी डायरी