ADVERTISEMENT
Friday, March 6, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

बालन नाच ब्युँझाउँदै युवा

गणेश कुमार यादव by गणेश कुमार यादव
August 20, 2024
in मुख्य समाचार
0
बालन नाच ब्युँझाउँदै युवा
40
SHARES
Share on FacebookShare on Twitter

वालिङ । बालन नाच संरक्षणप्रति स्याङ्जा तथा पाल्पाका युवाले चासो राखेका छन् । विषेश गरी ब्राह्मण, क्षेत्री समाजमा बालन गाउने र त्यसको लयसँगै नाच्ने परम्परा धेरै पुरानो हो । यस नाचलाई ‘बाहुन नाच’ पनि भनिन्छ । केही वर्षयता बालन गाउने र नाच्ने चलनमा कमी आएको छ । पश्चिमा प्रभाव बढ्दै जाँदा यो नाच बिस्तारै लोप हुने अवस्थामा पुगेको छ ।

ब्राह्मण, क्षेत्रीबाहेक अन्य समुदायमा कम प्रचलित बालन नाच देवीदेवताको १० अवतारमा आधारित रहेको पाइन्छ । सृष्टिकालदेखिका भगवान्का लीला र अवतारको वर्णन बालनमा गरिन्छ । रामायण, महाभारत, पुराण आदिका आधारमा रचिएको भए पनि बालन नाच नेपाली समाजमा विशेष आकर्षणका रूपमा रहदै आएको छ । कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानका अध्यक्ष चैतन्यकृष्णजी प्रभुका अनुसार बालनको रचना गीता, महाभारत, रामचरित्र, कृष्णचरित्र र भगवान्का १० अवतारलाई लिइन्छ । बालन नाच विशेष गरी गण्डकी सभ्यताको विकास सँगसँगै भगवान्का बाललीलाको अवगाहन गराई समस्त दुःखपीडा र अशान्तिबाट मुक्ति दिने बालनको संरक्षणका लागि वैष्णव संस्कृतिको उद्गम भूमि गण्डकी तटीय क्षेत्रका भक्त लागिपरेका हुन् ।

बालन टोलीमा बालन गाउने र नाच्ने समूह बनाइन्छ । बालनको पहिलो चरणमा भगवान्को आरतीबाट सुरु गराएर देवीदेवता जगाउने गरिन्छ । बालन गायन र नृत्यसँगै अत्यन्त रमाइलो लाग्ने हुनाले यस क्षणमा भगवान्का अवतारको अभिनय गरिने चैतन्य कृष्णको भनाइ छ ।

कथा अनुसार राम, लक्ष्मण, सीता, हनुमान, रावण, परशुराम, विष्णु, कृष्ण, कंस आदिको अभिनय सँगसँगै नृत्य पनि देखाइने गरिन्छ । लामो गायन तथा नाच देखाउनका लागि धेरै झन्झटिलो हुने हुँदा अहिलेका पुस्तामा खासै आकर्षण बन्न सकेको छैन । त्यसैले लोप हुन लागेको बालन नाचको संरक्षणका लागि कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानले युवालाई सक्रिय बनाएको हो । बालनमा रामचरित्र, कृष्णचरित्र, १० अवतारको कथा सकिएपछि भक्तजनका परिवारलाई मण्डपमा राखेर वरिपरि बालनले फूल अक्षता चढाएर आशीष दिँदै बालन टुङ्ग्याइन्छ । लयबद्ध गाइने बालन धार्मिक गीत धेरै नै लामो हुन्छ । नेपाली संस्कृतिको एक महत्वपूर्ण पक्ष बालनको संरक्षणका लागि तीन तहकै सरकारदेखि सरोकारवाला निकायले महत्व दिनुपर्ने चैतन्य कृष्ण बताउनुहुन्छ ।  श्राेत : गाेरखापत्र अनलाइन

Previous Post

बेवारिसे अवस्थामा महिलाकाे शव फेला

Next Post

प्रहरी निरीक्षक प्रकाश थापा कोशी प्रदेशमा साउन महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’

Next Post
प्रहरी निरीक्षक प्रकाश थापा कोशी प्रदेशमा साउन महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’

प्रहरी निरीक्षक प्रकाश थापा कोशी प्रदेशमा साउन महिनाको 'सर्वोत्कृष्ट प्रहरी'

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2804 shares
    Share 1122 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2231 shares
    Share 892 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1530 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1386 shares
    Share 554 Tweet 347
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1372 shares
    Share 549 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist