ADVERTISEMENT
Saturday, March 14, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

प्रहरी निरीक्षक प्रकाश थापा कोशी प्रदेशमा साउन महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’

गणेश कुमार यादव by गणेश कुमार यादव
August 26, 2024
in मुख्य समाचार
0
प्रहरी निरीक्षक प्रकाश थापा कोशी प्रदेशमा साउन महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’
44
SHARES
Share on FacebookShare on Twitter

सुनसरी । इलाका प्रहरी कार्यालय रानी विराटनगरका प्रहरी निरीक्षक प्रकाश थापा २०८१ साउन महिनाका कोशी प्रदेशभरमा सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।

प्रहरी कर्मचारीहरूको मनोबल उच्च राख्न कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले हरेक महिना प्रदेश भरका प्रहरीहरू मध्ये उत्कृष्ट चयन गरी ‘बेष्ट पुलिस अफ द मन्थ’ तथा सर्वोत्कृष्ट प्रहरी घोषणा गर्दै आएको छ ।

सर्वोत्कृष्ट घोषित प्रहरी निरीक्षक प्रकाश थापाले मोरङ जिल्ला कारागारका कैदी बिरामी भई कोशी अस्पतालमा उपचार गराई रहेको अवस्थामा फरार भएका कैदीलाई पुनः पक्राउ गरेका थिए ।

बिरामी भनिएका कैदी साउन १७ गते शौचालय जाने भनेर अस्पतालबाट फरार भएका थिए । उक्त घट्नामा अहोरात्र खटेर खोजतलास गरी साउन २४ गते फरार कैदीलाई पक्राउ गर्न सफल भएका थिए ।

फरार कैदीलाई उनले मोरङको नेपाल-भारत सीमानाका नजिक जहदा गापा-१ तारेगामा फेला पारी नियन्त्रणमा लिएका हुन ।

प्रहरी निरीक्षक थापाले लागूऔषध ओसारपसारमा संलग्न २८ जना मानिस पक्राउ गरेका छन् । साथै अवैध रूपमा भन्सार छलेर भारतबाट नेपाल ल्याउँदै गरेको १४ लाख ९ हजार ९२० रुपैयाँ बराबरको समान समेत उनले बरामद गरेका छन् ।

उनले दुर्व्यसनी विरुद्ध आमाहरू कार्यक्रममा विराटनगर-१६ क्यान सामुदायिक भवनमा ६५० जना लागूऔषध प्रयोगकर्ताहरूलाई लागूऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी प्रशिक्षण पनि दिएका थिए ।

प्रहरी निरीक्षक थापाका उक्त कार्यहरूबाट विभागीय मूल्य मान्यताको रक्षा, आदेश, निर्देशनको पालना इमानदारी पूर्व निर्वाह भई प्रहरीको उच्च मनोबल र साहसका साथ कर्तव्य निर्वाह भएको ठहर गरी ‘सर्वोकृष्ट प्रहरी’ घोषित गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ

Previous Post

बालन नाच ब्युँझाउँदै युवा

Next Post

बन्दुकको कुन्दाले हानेर ७१ वर्षीय वृद्धको हत्या

Next Post
बन्दुकको कुन्दाले हानेर ७१ वर्षीय वृद्धको हत्या

बन्दुकको कुन्दाले हानेर ७१ वर्षीय वृद्धको हत्या

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2804 shares
    Share 1122 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2231 shares
    Share 892 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1530 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1386 shares
    Share 554 Tweet 347
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1372 shares
    Share 549 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist