गनेश कुमार यादव
असाेज १२ गते,इनरुवा । सुनसरीको सदरमुकाम इनरुवामा रहेका सामुदायिक कुकुरको बन्धयकरण सुरु गरिएको छ ।
शनिबार इनरुवा नगरपालिकाकाे प्रांगणमा विश्व रेविज दिवसको अवसर पारि इनरुवा नगर क्षेत्र भिरका सामुदायिक कुकुरको बन्धयकरण सुरु गरिएको हाे ।
दिन प्रतिदिन सामुदायिक कुकुरको संखा बृद्दी भैरहेको र इनरुवा नगर क्षेत्रका मानिसहरुलाई टोक्ने समस्या बढेको कारण रेविज रोगको जोखिम समेत बढेको छ । तिनलाई नियन्त्रण गर्ने उदेश्यले सप्ताह व्यापी रुपमा सामुदायिक कुकुरको बन्धयकरण कार्यक्रमको आयोजना गरेको इनरुवा नगरपालिकाका प्रवक्ता तथा इनरुवा नगरपालिका वडा नं-६ का वडा अध्यक्ष सुमन थापाले जानकारी दिए।
उक्त दिवसको अवसरमा इनरुवा नगरपालिका नगर क्षेत्र भित्रका २ सय सामुदायिक कुकुरको बन्धयकरण गर्ने लक्ष्य लिएर सप्ताह व्यापी सामुदायिक कुकुरको बन्धयकरण कार्यक्र आयोजना गरेको इनरुवा नगरपालिका पशु पंछी शाखा प्रमुख डा.राजकुमार यादवले जानकारी दिए । उक्त बन्ध्याकरण शिविर
चार दिन सम्म चल्ने र दैनिक ५० वटा सामुदायिक कुकुरहरुकाे बन्ध्याकरण गर्नेगरेकाे डा.यादवले जानकारी दिए । सामाजिक संजालमा केही ब्यक्तिले कुकुरकाे अश्लील भिडियो राख्दै सामुदायिक कुकुरकाे बन्ध्याकरणकाे नामा भ्रष्टाचार गरेकाे भन्दै प्रचाबाजी गरेकाे छ।,हामिले अघिल्लो बर्ष २ सय कुकुरकाु बन्ध्याकरण गरेकाे हाे नगरभरिकाे सबै कुकुरकाे हाइन ,याे विस्तारेै बिस्तारै नियन्त्रण हुन्छ एकैपटक हुने हाेइन डा.यादवले भने ।
इनरुवा नगरपालिकाकाे रु १ लाख ५्० हजार र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इनरुवा, सुनसरी, कोशी प्रदेशकाे रु २ लाख ५० हजार गरि जम्मा ४ लाखको लागतमा उक्त शिविरमा सम्पन्न हुने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इनरुवा, सुनसरी, कोशी प्रदेशका छाैठाैं अधिकृत चिनेश्वर मेहताले जानकारी दिए ।
इनरुवा नगरपालिका तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इनरुवा,सुनसरी, काेशी प्रदेशको ओजना तथा हिमालयन एनिमल रेस्क्यू ट्रष्टको प्रविधिक सहयोगमा उक्त शिविर सप्ताह व्यापी रुपमा शनिबारबाट इनरुवा नगरपालिकाले जनाएकाे छ ।