इनरुवा ।उपभोक्ता मञ्च नेपाल इनरुवा नगर कमिटी सुनसरीले शुक्रबार विभिन्न ६ बुँदे मागसहित प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीलाई ज्ञापन-पत्र बुझाएकाे छ ।
नेपालीहरुको महान चार्ड दशै सुरु भएको र आउन लागेको तिहार, छट, समाचकेवा सहितको पर्वहरुमा बजारमा कालोबजारी, क्रितिम अभाव सृजना, मूल्य सुचि नराख्ने, मूल्यमा एक रुपमा नहुनु, तौल सहि नदिनु लगायतको समस्या रहेको विगतको अनुभवलाई ध्यानमा राखेर बजारमा नियमित अनुगमन र प्रभावकारी अनुगमनको माग सहित उपभोक्ता मञ्च नेपाल इनरुवा नगर कमिटी सुनसरीले उक्त ज्ञापन-पत्र बुझाएका हाे ।
उपभोक्ता मञ्च नेपाल इनरुवा नगर कमिटीले माग गरेकाे ६ बुँदे माग यस्ता छन् ।
१, हालको चार्डपर्वको अवस्थालाई मध्यनजर गर्दै बजारमा बढेको कालोबजारी नियन्त्रणका लागि तत्काल ठोस कदम उठाउनुपर्ने।
२, समग्र उपभोक्ताको हितलाई ध्यानमा राखेर बजार व्यवस्थालाई चुस्त बनाउन पर्ने।
३, लामखुट्टेको टोकाईबाट सर्ने डेड्गु जस्ता रोगको नियन्त्रणका लागि आवश्यक प्रयोगशाला तथा किटहरु निःशुल्क रुपमा उपभोक्तालाई उपलब्ध गराउने व्यवस्था मिलाउनु पर्ने।
४, ठोस निति सहित नियमित बजार अनुगमन, अवैध रुपमा सञ्चालन भएको पसल, शैक्षिक संस्था, कोचिंग ताथा होस्टलहरुलाई कानुनी दायरामा ल्याउनुपर्ने।
५, स्वास्थ्य संस्थाहरु, औषधी पसलहरु तथा शैक्षिक संस्थाहरुको अनुगमानाई कडाइका साथ लागु गरी उपभोक्ताहरुलाई ठगिनबाट बचाउनुपर्ने, भ्रमपूर्ण प्रचार गरी आम उपभोक्तालाई ठगी गरीरहेकाले आवश्यक अनुसन्धान गरी कारवाहीको दायरामा ल्याउनु पर्ने
६,यातायातका साधनमा आधिकृत भाडा असुल्ने, सेवाग्राही यात्रुलाई सास्ती दिने, हिसाँ जन्य गतिविधि गर्ने कार्यालाई निरुत्साहित गरी त्यसो गर्नेलाई कारवाहीको दायरामा ल्याउनु पर्ने ।