इनरुवा । सुनसरीको इनरुवा नगरपालिका वडा नं-२ लक्ष्मी नारायण चाैक स्थित रहेकाे श्री लक्ष्मीनारायण मन्दिरमा भगवान् लक्ष्मीनारायणकाे मूर्ति र सिंहासन दाताकाे नाम स्टिकरले छाेपिएपछि साेही स्थानका मूर्तिदाता र केही स्थानीयले खेद प्रकट गरेका छन् ।
मन्दिर समुदघाटनपछि दाताले दिएकाे मूर्ति सिंहासनकाे तल शिलालेखमा उनकाे नाम लेखिएको थियाे तर हाल मन्दिर समितिका प्रतिनिधिले मन्दिर समितिसंग कुनै आधिकारिक कुनैछलफल नै नगरि उक्त स्थानमा स्टिकर टालिदिएपछि उनिहरुले खेद प्रकट गरेका हुन् ।
अन्य दाताहरूले दिएकाे सामाग्री जस्तै गेट,घण्टी,लगायतका समाग्रीहरुमै ठुला अक्षरमा नाम लेखेर राख्ने तर व्यक्तिगत रिसिबीका कारण आफुले रु ५ लाख बराबरकाे मुर्ति र सिंहासन दिएकाे तल रहेकाे शिलालेख मन्दिर समितका अध्यक्षलाई समेत जानकारी नदिकन स्टिकरले छाेपिदिएकाे मुर्ति दाताले जानकारी दिए । उनले भने “धार्मिक स्थलमा भेदभाव नहाेस्,कित सबै स्थानबाट अरुकाे नामपनि छाेपियाे नत्र सबैकाे जस्ताे मेराेपनि नाम रहिरहाेस् ।”
मन्दिर स्थापनाकालदेखि नै मन्दिरमा पुजारी समेत व्यवस्था नगरेकाे र स्थापना कालमा स्थानीय फुलेश्वर यादवले उक्त मन्दिरमा पुजा गर्दै आएपछि विभिन्न बहानामा उनलाई हटाएर मन्दिरका अध्यक्ष हरिलाल मेहतालाई पुजारी बनाईयाे र उनलाई पनि हटाएर हाल मन्दिर स्थापनाकालदेखि नै सक्रिय भएर काम गर्दै आएका विन्देश्वर साहलाई मन्दिर समितिका पदाधिकारीहरुसंग कुनै आधिकारिक छलफल नै नगरि पुजारीकाे रुपमा राखिएकाे स्थानीय बताउँछन् । कतिपय स्थानीय मन्दिर समितिलेकाे व्यवहारका कारण मन्दिर समेत पस्दैनन् बाहिरबाट नै प्रणाम गरि निस्किन्छ ।
कतिपयले दाताले भने”हामीले मन्दिर बनाउन चन्दा दियाैं तर समितिले मुद्दा लड्न पैसा खर्च गरेकाे सुनावमा आउँदैछ ।”
मन्दिर समुदघाटन भएकाे १८ महिना भैसेकाता पनि हालसम्म खर्च सार्वजनिक नरेकाे र आर्थिक हिनामिनाका कारणले अडिट समेत राेकिएकाे श्राेतले जनाएकाे छ ।