सुनसरी । कतार च्यारिटी नेपालको सहयोगमा सुनसरी जिल्लामा भएका विभिन्न स्थानिय तहका फरक क्षमता भएका व्यक्तिलाई सहयोग सामाग्री हस्तान्तरण गरिएको छ ।

सुनसरीको जिल्लाको कोशी गाउँपालिका वडा नं ३ स्थित रहेको सामाजिक केन्द्र नेपालको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच उनीहरुलाई आईतवार उक्त सहयोग सामग्री हस्तान्तरण गरिएको हो।
कतार च्यारिटी नेपालको सहयोग एवं सामाजिक जीवन केन्द्र नेपालको सहकार्य तथा कोशी गाउँपालिकाको समन्वयमा फरक क्षमता भएका चार जनालाई ट्राईसाइकल र नौ जनालाई व्हिल चियर हस्तान्तरण गरिएको सामाजिक जिवन केन्द्र नेपालका अध्यक्ष हुसेनले जानकारी दिए ।
कोशी गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीको प्रमुख आतिथ्यमा आयोजित फरक क्षमता भएका मानिसहरुलाई ट्राईसाइकल र व्हिलचियर हस्तान्तरण तथा वितरण कार्यक्रममा कोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर दाहाल, ३ नं – वडाका वडा अध्यक्ष सुलेमान मन्सुरी, समाजसेवी फरिद अन्सारी, दिनेश साह, इमरान अन्सारी लगायतको उपस्थिति रहेको थियो।