पुष २४ गते, इनरुवा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) सुनसरीले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
बुधबार बिहान ३४ औं प्याब्सन दिवसको अवसरमा प्याब्सन सुनसरीले उक्त रक्तदान कार्यक्रमको सम्पन्न गरेको हो ।
इनरुवा- १ भगवती मा.वि.काे पश्चिम पट्टी रहेकाे महानन्द पार्कमा भएको उक्त कार्यक्रममा १ सय जनाले रक्तदान गरेको प्याब्सन सुनसरीले जनाएकाे छ ।
जिल्ला प्याब्सन सुनसरीको आयोजना तथा नगर प्याब्सन इनरूवा र शस्त्र प्रहरी बल, नेपाल नं. ४ गण हे. क्वा. सुनसरीको संयोजनमा रक्तदान कार्यक्रम भैरहेको रक्तदानमा शस्त्र प्रहरी लगायत शिक्षकहरुले गक्तदान गरेका थिए ।
सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गण हे. क्वाका शस्त्र प्रहरी उपरीक्षक समेनन्द बज्राचार्य,प्याब्सन सुनसरीका जिल्ला अध्यक्ष थानेश्वर ढकाल,नगर प्याब्सन इनरुवाका अध्यक्ष रमेश प्रसाद गुरागाईं,नेपाल रेडक्रस साेसाईटी सुनसरीका अध्यक्ष उमेश थापा लगायतकाे आतिथ्यता रहेकाे थियाे ।