ADVERTISEMENT
Wednesday, January 14, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

एक बर्षमै ८ औं तहमा ५ ठाउँबाट लोकसेवामा नाम निकाल्न सफल

गणेश कुमार यादव by गणेश कुमार यादव
January 16, 2025
in मुख्य समाचार, स्थानीय समाचार
0
एक बर्षमै ८ औं तहमा ५ ठाउँबाट लोकसेवामा नाम निकाल्न सफल
64
SHARES
Share on FacebookShare on Twitter
अजितकुमार झा

माघ २ गते ,इनरुवा । उदेश्य र लक्ष्य एउटै भएपछि कुनै काम सहजै गर्न सकिन्छ भने उदाहरण दिनुभएको छ जिल्ला अस्पताल इनरुवा सुनसरीमा कार्यरत सिरहा गोलबजार नगरपालिका–१२ का डाक्टर बिनेशकुमार मण्डलले ।
मण्डलले लोकसेवा आयोगले लिएको परीक्षामा एकै वर्षमा पाच ठाउँबाट नाम निकाल्नका लागि सफल हुनुभएको छ । डाक्टर मण्डलले एक बर्षमै संघीय र बिभिन्न प्रदेशको लोकसेवा आयोगले लिएको परीक्षामा ५ ठाउँबाट नाम निकाल्नका लागि सफल हुनुभएको छ ।
उहाँले ८ औं तह मेडिकल अधिकृतमा गण्डकी, कोसी, कर्णाली, मधेश प्रदेश लोकसेवा आयोगमा र संघीय लोकसेवा आयोग गरेर ५ ठाउँबाट एउटै पदमा एक बर्षमै नाम निकाल्नका लागि सफल हुनुभएको छ । संघीय लोक सेवामा नाम निकालेपछि उहाँको पोष्टिङ डडेलधुरा जिल्ला अस्पतालमा भएपनि अहिले सम्म पत्र नबुझेको उहाँले बताउनुभयो । उहाँले खुल्ला र समावेसी दुबैमा नाम निकाल्नुभएको छ । डाक्टर मण्डलको बुबा शिक्षक हुनुहन्थ्यो । बुबा रासलाल मण्डल स्थानीय सामुदायिक बिद्यालयमै प्रा.वि शिक्षकबाट एक बर्ष अघि अबकास हुनु भएको छ भने आमाँ समरिया देवी मण्डल गृहणेनी हुनुहुन्छ । बुबा शिक्षक भएका कारणले उहाँलाई पढाइमा खसै समस्या नभएको बताउनुहुदै ग्रामीण वतावरणका कारणले ससुरालीमा गएर अध्यन गर्नुपरेको उहाँले बताउनुभयो ।
उहाँले २०७८ सालमा छात्रबृतिमा एमबीबिएस अध्यनका लागि बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा नाम निकालेर अध्यन गर्नुभयो भने २०८१ सालमा चिकित्सा शिक्षा आयोगले लिएको प्रवेस परिक्षामा एमडी अध्यनका लागि छात्रबृतिमा नाम निकाले पनि भर्ना नलिई सरकारी सेवामा प्रवेस गरेको डाक्टर मण्डलको भनाई छ ।
एमबीबिएस अध्यन गरेर गाउँमा बसेका बेलामा यसले केही गर्न सक्दैन भन्न थालेपछि ससुरालीमा गएर लोकसेवाको तयारी गरेको र एक बर्षामा ८ औं तहमा ५ ठाउँबाट नाम निकाल्नका लागि सफल भएको उहाँको भनाई छ । सामुदायिक विद्यालय मै अध्ययन गरेको बताउनुहुदै उच्च शिक्षा छात्रबृतिमा अध्यन गरेको जानकारी दिनुभयो ।
निजी विद्यालयप्रति अभिभावकको आकर्षण बढिरहादा डाक्टर मण्डलले सामुदायिक विद्यालयको पनि पढाई कमजोर छैन भन्ने पुष्टि गर्नुभएको छ । जुनसुकै विद्यालयमा अध्यन गरेको भएपनि लक्ष्य र उदेश्य एउटै भएपछि पक्कै पुरा हुन्छ भनी उदाहरण समेत सबैलाई दिनुभएको छ ।
‘लोकसेवाको परीक्षामा पास गरेपछि गाली गर्ने समेत अहिले खुसी भएको बताउनुहुदै लोकसेवा सजिलै पास गर्न सकिन्छ भनी उदाहरण समेत उहाँले दिनुभएको छ । उहाँले नेपाल सरकारले पठाएको अनिवार्य सेवा प्रादेसिक अस्पताल सिरहामा प्रदान गर्नुभएको छ । सबैजनाले लोकसेवामा नाम निकाल्नका लागि बिभिन्न कोचिङग सेन्टर तथा ट्युसन सेन्टर गएको भएपनि आफूले घरमै बसेर लोकसेवाको पाठ्यक्रम अध्यन गरेको बताउनुभयो ।
नेपालमा लोकसेवा पास गर्न टुप्पी कसेर पढ्नुपर्छ भन्ने चलन रहेका बेलामा मैले त्यसरी कहिल्यै पनि पढिन । राति अबेरसम्म पढेर सुत्ने र बिहान ३ बजे नै उठेर पढ्नु पर्छ भन्छन् त्यो अहिलेसम्म मैले गरेको छैन् । माइन फ्रेस बनाएर पढ्ने हो । म परीक्षा लेख्नु भन्दा एक÷दुई दिन अगाडि राति अध्यन गरेर गएको थिएँ । म मेहनत गरेर अगाडि बढेँ भने सफल हुन्छु भन्ने विश्वास र अठोटका साथ अगाडि बढ्दा सफलता आएको उहाँको भनाई छ ।
मण्डल ४ दाजुभाइ हुनुहुन्छ । उहाँको सबै भन्दा ठुलो दाजु दिलिप कुमार मण्डल नेपाल बिद्युत प्राधिकरणको नायब सुब्बा हुनुहुन्छ भने अर्का दाजु दिपेन्द्र मण्डल बिद्युत प्राधिकरणमा खरिदारमा हुनुहुन्छ । त्यसपछि उहाँ ८ औं तहमा नाम निकाल्नु भएको छ भने सबै भन्दा सानो भाई सामुदायिक बिद्यालयमा प्रा.बि शिक्षक हुनुहुन्छ । सबै जनाले लोकसेवा परिक्षामा सफलता प्राप्त गरेर सरकारी सेवामा प्रवेस गरेको उहाँको भनाई रहेको छ ।
परिवारको साथ र हौसलाले पनि सहयोग गरेको उहाँले बताउनुभयो । उहाँलाई लोकसेवामा नाम निकाल्नका लागि खासै महन्त गर्नुपर्छ भने कहिले नलागेको बताउनुभयो । डाक्टर मण्डलले हास्दै हास्दै भनुभयो अन्य व्यक्तिलाई लोकसेवामा नाम निकाल्नका लागि पहाड लागि रहेका बेलामा मलाई खासै नलागेको उल्लेख गर्नुभयो ।
उहाँले बिषेश गरेर एमबीबिएस गरेर लोकसेवाको तयारी गरिरहेका व्यक्तिलाई टिप्स समेत दिनुभएको छ । उहाँले भन्नुभयो मैले मेडिकल अधिकृतको परिक्षा दिदै गर्दा रोग सम्बन्धी आउने प्रश्नको उत्तर दिएर अन्तमा बिषेज्ञाको सल्लाहमा उत्तर दिएको लेख्दा त्यसले थप मार्क बढाउन र नाम निकाल्नका लागि सफल्ता मिलेको बताउनुभयो ।
त्यसैगरी मौखिकका बेलामा कुनै प्रश्नको उत्तर नआएको समयमा आउदैन भन नहुने उहाँको भनाई रहेको छ । प्रश्नको उत्तर नआएको बेलामा अध्यन गर्छु भनुपर्ने उहाँले मेडिकल अधिकृतमा परिक्षा दिने तयारी र लोकसेवा तयारी गरिरहेकालाई सुझाब दिनुभएको छ ।

Tags: लाेक सेवा
Previous Post

बन्धक बनाएर राखिएकाे बालककाे प्रहरीले गरे सकुशल उद्धार

Next Post

इनरुवा जेसिसकाे ४१ औं पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

Next Post
इनरुवा जेसिसकाे ४१ औं पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

इनरुवा जेसिसकाे ४१ औं पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2801 shares
    Share 1120 Tweet 700
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2229 shares
    Share 892 Tweet 557
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1528 shares
    Share 611 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1385 shares
    Share 554 Tweet 346
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1371 shares
    Share 548 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist