ADVERTISEMENT
Tuesday, February 17, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

एस.ई.ई. परीक्षा-२०८१ लक्षित विद्यार्थी अभिमुखीकरण कार्यक्रम सम्पन्न

गणेश कुमार यादव by गणेश कुमार यादव
January 30, 2025
in मुख्य समाचार
0
एस.ई.ई. परीक्षा-२०८१ लक्षित विद्यार्थी अभिमुखीकरण कार्यक्रम सम्पन्न
55
SHARES
Share on FacebookShare on Twitter

गनेश कुमार यादव

माघ १७ गते,इनरुवा । सुनसरीको इनरुवामा एस.ई.ई. परीक्षा-२०८१लाई लक्षित गर्दै विद्यार्थी अभिमुखीकरण कार्यक्रम-२०८१ सम्पन्न भएको छ।

बिहीबार इनरुवा नगरपालिका वडा नं. १ स्थित माँ जानकी पार्टी प्यालेसमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) एस.ई.ई. परीक्षा-२०८१लाई लक्षित गर्दै विद्यार्थी अभिमुखीकरण कार्यक्रम-२०८१ सम्पन्न भएको हाे ।
जिल्ला समन्वय समिति सुनसरीका सभापति राजन मेहताको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न उक्त कार्यक्रममा इनरुवा नगरपालिका अन्तर्गत रहेका प्याब्सन सदस्य विद्यालयका कक्षा १० का एस.ई.ई दिने छात्रछात्रालाई अभिमुखीकरण गराएकाे र याे इनरुवामामा पहिलोपटक भएकाे इनरुवा नगर प्याब्सनका अध्यक्ष रमेश प्रसाद गुरागाईंले जानकारी दिए ।
एस.ई.ई. परीक्षा दिने तयारीमा रहेका विद्यार्थीलाई परीक्षामा उत्तीर्ण हुने टिप्स,मानसिक तयारीका लागि मार्गदर्शन प्रदान गर्ने उक्त अभिमुखीकरण कार्यक्रमको मुख्य उद्देश्य रहेकाे अध्यक्ष गुरागाईंले जानदिनुभयाे ।
साे कार्यक्रममा काठमाडौंबाट आएका प्रमुख प्रशिक्षक तारा प्रसाद गिरीले विद्यार्थीलाई परीक्षामा सफलता प्राप्त गर्नका लागि समय व्यवस्थापन,स्वस्थ मानसिकता,पढाइका प्रविधिहरूबारेमा विश्लेषण र मार्गदर्शन प्रदान गरेका थिए।
प्रशिक्षक गिरीले विद्यार्थीलाई सामाजिक दबाबसँग कसरी जुझ्ने,परीक्षामा राम्रो तयारी गर्ने,पढाइसँगै मानसिक स्वास्थ्यको ख्याल राख्ने बारेमा विस्तृत व्याख्यान दिएका थिए। साथै, चिन्ता कम गर्ने,मनोबल उच्च राख्ने तरिकाहरूको बारेमा विशेष जानकारी पनि प्रदान गरिएका थिए। उक्त कार्यक्रममा इनरुवा नगर क्षेत्र भित्रका ४ सयभन्दा बढी विद्यार्थीले सहभागिता जनाएका थिए ।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का केन्द्रीय सल्लाहकार शंकर थापा,शस्त्र प्रहरी बल नेपाल ४ नं. हेक्वाका शस्त्र प्रहरी उपरीक्षक समेनन्द बज्राचार्य,जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक रामप्रसाद तिमल्सिना लगायतकाे आतिथ्यता रहेको थियो।
कार्यक्रमको अध्यक्षतामा इनरुवा नगर प्याब्सनका अध्यक्ष रमेशप्रसाद गुरागाईं र कार्यक्रम संयोजक मनोज कुमार यादव थिए।

Tags: एस.ई.ई. परीक्षा-२०८१एस.ई.ई. परीक्षा-२०८१ लक्षित विद्यार्थी अभिमुखीकरण कार्यक्रम सम्पन्नविद्यार्थी अभिमुखीकरण कार्यक्रम
Previous Post

सुनसरीका ४८ हजार बढी बालिकालाई एचपिभी खोप लगाइदै

Next Post

मेनपावरको फुटानी दिदै ठगी गर्दै हिड्ने झापाका प्रदिप राउत प्रहरी थुनामा

Next Post
मेनपावरको फुटानी दिदै ठगी गर्दै हिड्ने झापाका प्रदिप राउत प्रहरी थुनामा

मेनपावरको फुटानी दिदै ठगी गर्दै हिड्ने झापाका प्रदिप राउत प्रहरी थुनामा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2802 shares
    Share 1121 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2231 shares
    Share 892 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1529 shares
    Share 612 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1386 shares
    Share 554 Tweet 347
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1371 shares
    Share 548 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist