गनेश कुमार यादव
माघ १७ गते,इनरुवा । सुनसरीको इनरुवामा एस.ई.ई. परीक्षा-२०८१लाई लक्षित गर्दै विद्यार्थी अभिमुखीकरण कार्यक्रम-२०८१ सम्पन्न भएको छ।
बिहीबार इनरुवा नगरपालिका वडा नं. १ स्थित माँ जानकी पार्टी प्यालेसमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) एस.ई.ई. परीक्षा-२०८१लाई लक्षित गर्दै विद्यार्थी अभिमुखीकरण कार्यक्रम-२०८१ सम्पन्न भएको हाे ।
जिल्ला समन्वय समिति सुनसरीका सभापति राजन मेहताको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न उक्त कार्यक्रममा इनरुवा नगरपालिका अन्तर्गत रहेका प्याब्सन सदस्य विद्यालयका कक्षा १० का एस.ई.ई दिने छात्रछात्रालाई अभिमुखीकरण गराएकाे र याे इनरुवामामा पहिलोपटक भएकाे इनरुवा नगर प्याब्सनका अध्यक्ष रमेश प्रसाद गुरागाईंले जानकारी दिए ।
एस.ई.ई. परीक्षा दिने तयारीमा रहेका विद्यार्थीलाई परीक्षामा उत्तीर्ण हुने टिप्स,मानसिक तयारीका लागि मार्गदर्शन प्रदान गर्ने उक्त अभिमुखीकरण कार्यक्रमको मुख्य उद्देश्य रहेकाे अध्यक्ष गुरागाईंले जानदिनुभयाे ।
साे कार्यक्रममा काठमाडौंबाट आएका प्रमुख प्रशिक्षक तारा प्रसाद गिरीले विद्यार्थीलाई परीक्षामा सफलता प्राप्त गर्नका लागि समय व्यवस्थापन,स्वस्थ मानसिकता,पढाइका प्रविधिहरूबारेमा विश्लेषण र मार्गदर्शन प्रदान गरेका थिए।
प्रशिक्षक गिरीले विद्यार्थीलाई सामाजिक दबाबसँग कसरी जुझ्ने,परीक्षामा राम्रो तयारी गर्ने,पढाइसँगै मानसिक स्वास्थ्यको ख्याल राख्ने बारेमा विस्तृत व्याख्यान दिएका थिए। साथै, चिन्ता कम गर्ने,मनोबल उच्च राख्ने तरिकाहरूको बारेमा विशेष जानकारी पनि प्रदान गरिएका थिए। उक्त कार्यक्रममा इनरुवा नगर क्षेत्र भित्रका ४ सयभन्दा बढी विद्यार्थीले सहभागिता जनाएका थिए ।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का केन्द्रीय सल्लाहकार शंकर थापा,शस्त्र प्रहरी बल नेपाल ४ नं. हेक्वाका शस्त्र प्रहरी उपरीक्षक समेनन्द बज्राचार्य,जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक रामप्रसाद तिमल्सिना लगायतकाे आतिथ्यता रहेको थियो।
कार्यक्रमको अध्यक्षतामा इनरुवा नगर प्याब्सनका अध्यक्ष रमेशप्रसाद गुरागाईं र कार्यक्रम संयोजक मनोज कुमार यादव थिए।