बुटवल , ५ फाल्गुन । कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी ओडिसामा अध्ययनरत रुपन्देही जिल्ला बुटवल निवासी बिधार्थी प्रकृति लम्सालको रहस्यमय निधन भएको दुखद घटनाप्रति सरकारले तत्काल अनुसन्धान गर्नु पर्ने राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदीपकुमार उदयले बताएका छन।
रहस्यमय घट्ना बारे सोमबार एक विज्ञप्ती जारी गरि रहस्यमय निधनबारे गम्भीरतापूर्वक अनुसन्धान गर्न र सत्यतथ्य पत्ता लगाउन नेपाल सरकारले तत्काल भारत सरकारसंग कुटनैतिक पहल गर्न राप्रपा लुम्बिनी प्रदेश नेपाल सरकारसँग जोडदार माग गर्दछ ।
राप्रपा लुम्बिनी प्रदेशका अध्यक्ष प्रदीपकुमार उदयले घटनाबारे सत्यतथ्य छानबिन गर्न माग गर्दै बिधार्थीहरुद्वारा गरिएको प्रदर्शन दबाउन त्यहा अध्ययनरत नेपाली बिधार्थीहरु माथी गरिएको दमनप्रति चासो लिन समेत नेपाल सरकारसंग आग्रह गरेका छन् ।