काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नेताहरुले भेटवार्ता गरेका छन्। माओवादी नेताहरुसँगको भेटवार्ताको क्रममा राष्ट्रपतिले नागरिकता विधेयकबारे चासो राखेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताए।
प्रचण्डको भनाइ उदृत गर्दै उनले भने, ‘वैवाहिक अंगिकृत नागरिकताको बारेमा राष्ट्रपतिज्युले राख्नु भएको चासो र हाम्रो धारणा समान छ तर संसदमा यो विषयमा राष्ट्रिय सहमति बन्न सकेन त्यसकारण यो विषयमा विधेयकमा कुनै नयाँ व्यवस्था गरिएको छैन। यसबारे हाम्रो धारणा संसदमा रेकर्ड गराएका छौं।’

सरकारले नागरिकता विधेयकमा राष्ट्रिय सहमति बनाएर ल्याउने प्रतिबद्धता जनाएको समेत बताए।
प्रचण्डले राष्ट्रपतिसँग भने, ‘तत्काल जन्मसिद्ध नागरिकका सन्ततिहरु राज्यविहिन बन्ने अवस्था अन्त्य गर्नका लागि यो विधेयक ल्याइएको हो । र, यो विधेयक ओलीजीले ल्याएर तपाईद्वारा प्रमाणीकरण गरिएको अध्यादेशको व्यवस्था अनुसार रहेको छ। यसलाई अनावश्यक राजनीतिकरण गरिनु दुःखद छ।’
राष्ट्रपतिले नागरिकता विधेयकमा पुनर्विचार गरेर राष्ट्रिय सहमति बनाउनुपर्नेमा जोड दिएकी छन्।
भेटमा प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा लगायतका नेताहरु पुगेका थिए।
केही दिनअघि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरुसँग पनि राष्ट्रपतिले नागरिकता विधेयकको बिषयमा छलफल गरेकी थिइन्। राष्ट्रपतिले फिर्ता गरेको विधेयक प्रतिनिधिसभाबाट जस्ताको तस्तै पास भएर अहिले राष्ट्रियसभामा पुगेर रोकिएको छ।