Sunday, November 9, 2025
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

३१ सामुदायिक विद्यालयका प्रधानाध्यापकद्वारा सामूहिक राजीनामा

गणेश कुमार यादव by गणेश कुमार यादव
July 15, 2025
in मुख्य समाचार
0
३१ सामुदायिक विद्यालयका प्रधानाध्यापकद्वारा सामूहिक राजीनामा
50
SHARES
Share on FacebookShare on Twitter
ADVERTISEMENT

रवीन्द्र उप्रेती
असार ३१ गते,बर्दीबास। आर्थिक वर्षको अन्त्यमा पनि शैक्षिक अनुदान निकाशा नभएपछि गौशाला नगरपालिकाका ३१ सामुदायिक विद्यालयका प्रधानाध्यापकले सामुहिक राजीनामा दिनुभएको छ ।

विज्ञापन सामाग्री।

प्रधानाध्यापकहरूले मङ्गलबार नगरपालिका प्रशासन शाखामा राजीनामा बुझाउनुभएको हो । सामूहिक राजिनामाको खबरले नगरपालिकाको शैक्षिक एवं राजनीतिक वृत तरङ्गित पारेको छ ।

नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतलाई सम्बाेधन गरी लेखिएको सामूहिक राजीनामा पत्रमा चालु आर्थिक वर्षको अन्त्यसम्म पनि दिवा खाजा, पाठ्पुस्तक, बाल शिक्षाका प्रति विद्यार्थी अनुदान, नगर शिक्षक, नगर अनुदान, सशर्त, पूँजीगत तथा शैक्षिक अनुदान लगाएत शीर्षकमा पटक पटक अनुरोध ताकेता गर्दा पनि निकासा नभएको उल्लेख छ ।

केही शीर्षकमा भने नरपालिकाले अति न्यून निकासा पठाएकोले शैक्षिक कृयाकलाप सञ्चालन गर्न कठिन भएको हुँदा सामुहिक राजीनामा दिन बाध्य भएको जनाइएको छ ।

राजीनामा पत्रमा भनिएको छ, ‘नगरपालिकाबाट उक्त शीर्षक अन्तर्गतको रकम निकाशा नगरी दिएको अवस्था (खर्च अभाव) बाट शैक्षिक गतिविधि प्रभावित हुने भएकोले साउन १ गतेदेखि लागु हुने गरी यो सामूहिक राजीनामा पत्र पेस गरेका छौँ ।’

यसअघि अनुदान कटौतीबाट असंतुष्ट  प्रधानाध्यापकहरूले सरस्वती मावि भण्टाबारीका प्रअ शुभकरण यादवको अध्यक्षतामा गौशालामा मङ्गलबार बिहान बसेको बैठकले सामूहिक राजीनामा गर्ने सर्वसम्मत निर्णय गरेको थियो ।

निर्णय लगत्यै नगरपलिको कार्यालय पुगेका प्रअहरूले प्रमुख कार्यकारी अधिकृत अस्मिता शर्मा र शिक्षा शाखा प्रमुख संजय सिंह आफनो कार्यकक्षमा नभेटिएपछि प्रशासन शाखा प्रमुख मिश्रीलाल यादवको टेबलमा सामूहिक राजीनामा पत्र बुझाउनुभएको थियो ।

प्रशासन प्रमुख यादवले  प्रधानाध्यापकहरूले बुझाएको पत्र आफ्नो टेबलमा रहेको बताउनुभयो । प्रमुख कार्यकारी अधिकृत शर्माले आफु खाना खान गएको समयमा  प्रधानाध्यापकहरू आउनुभएकोले भेट हुन नसकेको स्वीकार्नुभयो ।

उहाँले भन्नुभयो, ‘खाना खाएर आएपछि  प्रधानाध्यापकहरूसँग छलफलमा बस्ने फोनमा कुरा भएको छ । हामी उहाँहरूको प्रतिक्षामा छौँ ।’

शिक्षकहरूका अनुसार अनुदान निकासा नगर्दा तीन महिनादेखि उधारो रहेको दिवा खाजा खर्च, पाठ्यपुस्तक रकम, सशर्त अनुदान, शैक्षिक सामग्री, भवन निर्माणका रकम फ्रिज गराएकाले विधालय आर्थिक बिचलनमा फसेको छ । यही कारण  प्रधानाध्यापकहरू राजीनामा दिन बाध्य भएको शिक्षकहरूले जनाउनुभएको छ ।

प्रधानाध्यापकहरूले समस्या समाधानका लागि रोक्का गरिएका शीर्षकमा यथाशिघ्र निकाशाको माग समेत राख्नुभएको छ ।

श्रोत : गोरखापत्र अनलाइन

Tags: प्रधानाध्यापकद्वारा सामूहिक राजीनामासामुदायिक विद्यालयसामूहिक राजीनामा
Previous Post

इनरुवामा साइबर अपराधविरुद्ध जनचेतनामूलक कार्यक्रम सम्पन्न

Next Post

महिलामाथि खुकुरी प्रहार

Next Post
महिलामाथि खुकुरी प्रहार

महिलामाथि खुकुरी प्रहार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2799 shares
    Share 1120 Tweet 700
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2221 shares
    Share 888 Tweet 555
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1527 shares
    Share 611 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1384 shares
    Share 554 Tweet 346
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1369 shares
    Share 548 Tweet 342

 

 

सम्पर्क

9ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist