भादाै १६ गते,विराटनगर । बालकलाई अप्राकृतिक मैथुन गरेको आरोपमा विराटनगरबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
गैर सरकारी संस्था महासंघ (गैसस) मोरङका अध्यक्षसमेत रहेका विराटनगर १२ घर भएका ५० वर्षीय ढकालले सोही ठाउँका १३ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेकाे आरोपमा बुधबार साँझ पक्राउ परेका हुन् ।
ढकालले ती बालकलाई पटक–पटक अप्राकृतिक मैथुन गरेको पिडित बालकका परिवारको आरोप छ । केहि महिना अगाडी र भदौ १३ गते घरमा कोही नभएको मौका पारी ढकालले ती बालकलाई अप्राकृतिक मैथुन गरेको परिवारको आरोप छ ।
उजुरी आएपछि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । ‘उजुरी आएपछि नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेका छौँ,’ डिएसपी श्रेष्ठले भने, ‘अहिले अनुसन्धान भइरहेको छ । अनुसन्धान पछि घटना बारे थप खुल्नेछ ।।’
प्रहरीले बिहीबार ढकाललाई मोरङ अदालतमा म्याद थप गरी अनुसन्धान सुरु गर्ने तयारी गरेका छन् । ढकाल एजुकेशन हेल्पलाइनका अध्यक्ष हुन् ।श्राेत आवर बिराटनगर