सुनसरी,भदाै १ गते। ‘सम्पूर्ण किसान मजदुर एक होऔं! वित्तीय शोषण तथा उत्पीडनविरुद्ध संघर्ष गरौं!!’भन्ने मूल नाराका साथ मिटर ब्याजविरुद्ध किसान मजदुर आन्दोलन नेपाल पूर्वी कमाण्ड, सुनसरीद्वारा आयोजित जिल्ला भेला शनिबार इनरुवामा सम्पन्न भएको छ।
इनरुवा नगरपालिका–१ स्थित श्री सत्यनारायण मन्दिरको सभाहलमा सम्पन्न भेलाले ४७ सदस्यीय जिल्ला समिति गठन गरेको छ। भेलामा जिल्लाका विभिन्न स्थानबाट प्रतिनिधित्व हुनेगरी किसान र मजदुरको उल्लेखनीय उपस्थिति देखिएको थियो।
नवगठित समितिको अध्यक्षमा अनिता चौधरी, उपाध्यक्ष फुलकुमारी खान, सचिव पार्वती मेहता, सह–सचिव रामधनी मण्डल, कोषाध्यक्ष नहरी चौधरी चयन भएका छन्। अन्य सदस्यहरू विभिन्न वर्ग र समुदायबाट समावेश गरिएको समितिले जनाएको छ।
कार्यक्रममा मिटर ब्याजका नाममा भइरहेको वित्तीय शोषणविरुद्ध सशक्त संघर्ष गर्ने रणनीति तय गरिएको जनाइएको छ। केन्द्रीय सदस्य लक्ष्मी घिमिरेले समिति गठनको घोषणा गर्दै आन्दोलनलाई अझ प्रभावकारी बनाउन आह्वान गरिन्।
भेलाले पीडित किसान–मजदुरहरूलाई न्याय दिलाउन व्यापक जनसहभागिता र सशक्त अभियान संचालन गर्ने निर्णय पनि गरेको छ।
कार्यक्रममा प्रमुख अतिथी मिटर ब्याजविरुद्ध किसान मजदुर आन्दोलन नेपालका केन्द्रीय अध्यक्ष अवधेश कुश्वाहा,जिल्ला सम्मेलन अध्यक्ष पुर्बी कमान्ड सह इन्चार्ज अन्जु खवास,अथिथिहरु केन्दृय सदस्य लक्ष्मी घिमिरे,
श्रमिक फोर्स केन्द्रिय निर्देशनालय बिरेन्द्र मण्डल लगायतकाे आतिथ्यता रहेकाे थियाे भने सुनसरीका विभिन्न स्थानबाट आएका मिटर ब्याज पिटितहरुकाे सहभागीता रहेकाे थियाे ।



