ईनरूवा ६ असाेज । सुनसरीको ईनरूवा नगरपालिका–९ बविया स्थित प्रसिद्ध भगवती मन्दिर परिसरमा साेमबार फुटबल खेलाडीहरूले सरसफाइ सम्पन्न गरेको छ।
बविया फुटबल क्लवका कप्तान अशाेक मेहताको पहलमा र स्थानीय फुटबल खेलाडी राम यादव, सन्ताेष अधिकारी,सिया साह, प्रमाेद मेहता, दिगम्बर यादव, उत्तम मण्डल, नागेश्वर साह, उपिया उराव, लगायतकाे सक्रिय सहभागितामा दशैं पर्व २०८२ काे अवशर पारेर बविया स्थित भगवती मन्दिर क्षेत्र वरिपरिको फोहर संकलन, सफाइ र हरियाली संरक्षणको काम गरिएको हो।

मन्दिर परिसरमा बढ्दो भक्तजनको भीडका कारण उत्पन्न हुने फोहर व्यवस्थापन चुनौतीलाई ध्यानमा राख्दै सरसफाइ कार्यक्रम गरिएको बविया फुटबल क्लबका कप्तान अशाेक मेहताले जानकारी दिए ।
स्थानीय फुटबल खेलाडी राम यादवले यस किसिमको सामूहिक प्रयासले धार्मिक स्थल सफा र आकर्षक बन्ने मात्र नभई दर्शनार्थीको स्वास्थ्य र वातावरण दुवैको संरक्षण हुने विश्वास व्यक्त गरेका छन्।
श्राेत : इनरुवा पाेष्ट



