इनरुवा , असोज १० गते । सुनसरी जिल्लास्थित इलाका प्रहरी कार्यालय पकलीले जेनजी आन्दोलनका क्रममा क्षति बेहोरेपछि कार्यालयको सेवा प्रवाह सहज बनाउन ज्योती विकास बैंक झुम्का शाखाले एक थान कम्प्युटर र एक थान प्रिन्टर सहयोग गरेको छ।
बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यो सहयोग गरेको जानकारी शाखा प्रबन्धक प्रकाश पराजुलीले दिनुभयो। उहाँले इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक लेखनाथ दाहाललाई बिहीबार औपचारिक रूपमा सहयोग सामग्री हस्तान्तरण गर्नुभएको थियो।



