ADVERTISEMENT
Friday, December 5, 2025
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

सुनसरी जिल्ला अदालतको सम्पुर्ण सेवा आईतबार देखी नियमित रुपमा सुचारुहुने

गणेश कुमार यादव by गणेश कुमार यादव
October 9, 2025
in मुख्य समाचार
0
सुनसरी जिल्ला अदालतको सम्पुर्ण सेवा आईतबार देखी नियमित रुपमा सुचारुहुने
49
SHARES
Share on FacebookShare on Twitter

असाेज २३ गते,सुनसरी । केही समयदेखि बन्द रहेका अदालतका नियमित काम–कारवाहीहरू आगामी मिति २०८२ साल असोज २६ गते (आईतबार) देखि पुनः सुरु हुने भएका छन्। मिति २०८२/५/२४ गतेको घटनाका कारण अदालतबाट प्रवाह हुने सेवा, साप्ताहिक र दैनिक पेशी लगायतका कार्यहरू प्रभावित भई बन्द रहँदै आएको थियो।
यसबीचमा सर्वोच्च अदालतको मुख्य सर्भर (server) समेत अस्थायी रूपमा बन्द भएको र त्यसलाई सञ्चालनमा ल्याउन थप समय लाग्ने भएकाले, अदालतले तत्कालका लागि म्यानुअल (manual) प्रणालीमार्फत मुद्दा सूची प्रकाशन गर्ने निर्णय गरेको हो। अदालतका अनुसार अबदेखि साप्ताहिक र दैनिक पेशी सूची म्यानुअल रूपमा तयार गरी सार्वजनिक गरिनेछ र मुद्दाहरूको सुनुवाइ पनि नियमित रूपमा अघि बढाइनेछ।
सुनसरी अदालतका स्रेस्तेदार टिकेन्द्रवीर जङ्गले जारी गरेको सूचनामा भनिएको छ, “मिति २०८२/६/२३ गतेको निर्णय बमोजिम अदालतले सेवा प्रवाहका लागि आवश्यक तयारी पूरा गरेको छ। सर्वोच्च अदालतबाट सर्भर सञ्चालनमा आउन केही समय लाग्ने भएकाले असोज २६ गतेदेखि म्यानुअल रूपमा पेशी सूची प्रकाशन गरिनेछ र मुद्दाको सुनुवाइ नियमित रूपमा सञ्चालन हुनेछ।”
अदालतको सेवाहरू लामो समयदेखि स्थगित हुँदा मुद्दा दर्ता, पेशी तोक्ने कार्य, आदेश लेख्ने प्रक्रिया लगायतका न्यायिक कामहरू प्रभावित बनेका थिए। नियमित कामकाज ठप्प हुँदा मुद्दा सम्बद्ध पक्षहरू समेत प्रभावित भएका थिए।
अब अदालतले म्यानुअल प्रणाली अपनाएसँगै मुद्दा सम्बन्धी सुनुवाइ र निर्णय पुनः सुचारु हुने भएपछि न्याय माग्दै आएका सेवाग्राहीले राहत महसुस गर्ने अपेक्षा गरिएको छ। सर्भर पुनः सञ्चालनमा आएपछि सबै कार्यहरू पुनः डिजिटल प्रणालीमै फर्काइने अदालतले जनाएको छ।
यसैबीच, अदालतले सम्बन्धित सबै पक्षहरूलाई सूचित गर्दै भनेको छ— “न्यायिक कार्य सुचारु गर्ने उद्देश्यले असोज २६ गतेदेखि म्यानुअल पद्धतिमा काम अघि बढाइने भएकोले सबै पक्षको सहयोग आवश्यक छ।”
यो निर्णयसँगै लामो समयदेखि रोकिएका अदालतका कामहरू पुनः गतिशील बन्ने आशा गरिएको छ।

Previous Post

पाँच सय किलोभन्दा बढी गाँजा बरामद, एक जना पक्राउ

Next Post

कुवाको पानी खान्छन् सुकुम्बासी परीवार

Next Post
कुवाको पानी खान्छन् सुकुम्बासी परीवार

कुवाको पानी खान्छन् सुकुम्बासी परीवार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2801 shares
    Share 1120 Tweet 700
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2226 shares
    Share 890 Tweet 557
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1528 shares
    Share 611 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1384 shares
    Share 554 Tweet 346
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1370 shares
    Share 548 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist