धिरेन्द्र कुमार चौधरी
रामधुनी । सुनसरीको सिंगिया गाउमा रहेको दस घर सुकुम्बासी दलित परीवार कुवाको पानीमा निर्भर रहेको छ । यहाँ जमिन मुनि बाट सबै ठाउँ मा खानेपानीका लागि कल जडान नहुने , सुख्खा महिना कुवाको पानी सुख्ने समस्या रहेको स्थानीयबासी बताउदछ्न ।
बस्ती नजिकै रहेको खानेपानी सन्चालन रहेको छ । तर आर्थिक अभावमा धारा जडान गर्न नसकेको उनिहरु बताउदछ्न ।
यहाँ सिंगिया खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले मिति : २०८१ साल भदौ महिनादेखि यहाँ स्थापित खानेपानी टयाङ्की बाट खानेपानी सन्चालन रहेको समितिले जनाएको छ ।
कार्यालयका कर्मचारी राजेन्द्र चौलागाईंले नगरको वडा नम्बर २, ३ र ४ मा तीन सय ८० वटा धारा जडान भैसकेको र जडान गर्ने काम चालू रहेको बताए । खानेपानी टयाङ्की दुई लाख २५ हजार लिटरको क्षमता रहेको छ । भने एक हजार धारा जडान गर्न सकिने लक्ष्य रहेको बताइएको छ ।
यस ठाउमा पहिलेदेखि नै खानेपानीको समस्या रहेको थियो । सबै ठाउमा कल जडान नहुने , कुवाको पानी खाने, सुख्खा महिनामा पानीको अभाव हुने गर्दथ्यो ।
खानेपानी टयाङ्की नजिकै बाटो छेउमा अव्यवस्थित रुपमा दस घर दिना भद्री र मोची समुदायको सुकुम्बासी बस्ती रहेको छ । बस्ती छेउमै रहेको खानेपानी आर्थिक समस्याले जडन गर्न नसकी हेरेर बस्नु परेको उनीहरुले भनाइ राखे ।
यस सम्बन्धमा वडा अध्यक्ष बुध नारायण चौधरी संग बुझ्दा प्रक्रिया मिलाएर खानेपानी सुकुम्बासी परीवारले पनि खान पाउने ब्यबस्थापन गरीने बताए ।
खानेपानी उपभोक्ता समितिका अध्यक्ष शैलेन्द्र राई संग बुझ्दा कहिकतै निशुल्कमा खानेपानी बितरण नरहेको प्राबधान रहेको बताउदै स्थानीय तह संग समन्वय गरेर अगाडि बढन सक्ने जानकारी गराए ।



