ADVERTISEMENT
Friday, December 5, 2025
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

सदा टोलमा झाडापखालाको संक्रमण तीव्र बन्दै

गणेश कुमार यादव by गणेश कुमार यादव
November 3, 2025
in मुख्य समाचार
0
सदा टोलमा झाडापखालाको संक्रमण तीव्र बन्दै
40
SHARES
Share on FacebookShare on Twitter

राजविराज। सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ सदा टोलमा झाडापखालाको संक्रमण भयावह बन्दै गएको छ। दुई साताभित्र एकै परिवारका तीन जनाको मृत्यु भएपछि आइतबार हैजाको संक्रमण फैलिएको आशंका थप बलियो बनेको छ।

स्थानीय स्वास्थ्य टोलीले आइतबार साँझसम्म संकलन गरेको नौ जनाको दिसा (स्टुल) नमुनामध्ये तीन जनामा हैजाको कारण बन्ने भिब्रिओ कोलरी ब्याक्टेरिया पोजिटिभ देखिएको छ। ती सबै बिरामी सदा समुदायका हुन्।

गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीका अनुसार स्थानीय सुरज सदाका तीन वर्षीय छोरा मनीष, शिवकुमार सदाका सात वर्षीय छोरा अमन र सुबोध सदाकी ३० वर्षीया पत्नी रेखादेवी सदाको ¥यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) पोजिटिभ आएको छ। तत्कालै तीनै जनालाई गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना गरिएको र उपचार भइरहेको उनले जानकारी दिए।

‘तीनै जनाको अवस्था अहिले स्थिर छ, आत्तिनुपर्ने स्थिति छैन,’ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश साहले भने। तर स्थानीय बासिन्दा भने त्रसित बनेका छन्। मृतकहरूकै परिवार र नजिकका घरका एक दर्जनभन्दा बढी व्यक्ति अहिले झाडापखालाले ग्रस्त छन्।

बिरामीमध्ये बुचन सदाकी पाँच वर्षीया छोरी राधिका, शिवशंकर सदाकी छोरी १० वर्षीया करिना, कृष्णा सदाकी पत्नी २५ वर्षीया लिलमदेवी, ३ वर्षकी गायत्रीकुमारी, ६ वर्षकी सुगन्धाकुमारी र ६० वर्षीय बौकु सदा पनि गम्भीर लक्षणसहित झाडापखालाबाट प्रभावित छन्।

गाउँमा झाडापखालाको लक्षण देखिएको दुई सातापछि मात्रै स्थानीय सरकारले ध्यान दिएको हो। गत शुक्रबार राति घटनाको जानकारी पाएपछि गाउँपालिकाले शनिबार बिहान औषधि र जीवनजल वितरण गरेको र आइतबार मात्रै आरडीटी परीक्षण गरिएको हो। अध्यक्ष चौधरीका अनुसार पोजिटिभ देखिएका नमुना प्रादेशिक प्रयोगशाला जनकपुर पठाइएको छ, जहाँबाट हैजाको औपचारिक पुष्टि हुनेछ।

संक्रमण फैलिन नदिनका लागि गाउँपालिकाले तत्काल विपद् व्यवस्थापन समिति गठन गरी आपतकालीन निर्णय गरेको छ। प्रभावित क्षेत्रमा चार जना स्वास्थ्यकर्मी २४ सै घण्टा खटाइएका छन—दुई जना कोचाबखारी स्वास्थ्य चौकीमा र दुई जना सदा टोलमै। साबुन, नेल कटर र सेनिटाइजर वितरण गरिएको छ भने वडाका विद्यालय अर्को सूचना नआएसम्मका लागि बन्द गरिएका छन्।

तर अझै पनि केही स्थानीयले जनचेतनाको अभावका कारण स्टुल परीक्षणका लागि नमुना दिन अस्वीकार गरिरहेका छन्, जसले संक्रमणको वास्तविक अवस्था बुझ्न कठिन बनाएको स्वास्थ्यकर्मीहरूले बताएका छन्।

दुई साताअघि सुरु भएको झाडापखालाले कार्तिक ६ गते बुचन सदाका १ वर्षीय संजीव, ११ गते बुचनका बुबा ६६ वर्षीय लक्ष्मण र १४ गते छोरी ४ वर्षीया राघिनी सदाको ज्यान लिएको थियो। हाल सदा टोलमा अस्वस्थ वातावरण छ।

स्वास्थ्यकर्मीहरू मास्क र पञ्जा लगाएर गाउँभित्र निरन्तर निगरानीमा छन्। स्थानीय युवाहरूले पनि पानीमा क्लोरिन हाल्ने र घर–घरमा सरसफाइ अभियान सञ्चालन गरेका छन्। तर, संक्रमणको वास्तविक स्रोत अझै पत्ता लागेको छैन। स्वास्थ्यकर्मीहरूको अनुमानमा दूषित खानेपानी वा खुला दिसापिसाबका कारण हैजा फैलिएको हुनसक्छ।

गाउँपालिकाले सदा टोललाई उच्च जोखिम क्षेत्र घोषणा गरेर पानीको स्रोत र पाइपलाइन परीक्षण गर्ने तयारी गरेको छ। स्वास्थ्यकर्मीहरूले सबैलाई सचेत रहन, उमालेर मात्र पानी पिउन र सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेका छन्।

Previous Post

झुठा सूचना सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय सुनसरी

Next Post

बर्जुबाट २५७ किलो गाँजा सहित स्कार्पियो प्रहरीको नियन्त्रणमा

Next Post
बर्जुबाट २५७ किलो गाँजा सहित स्कार्पियो प्रहरीको नियन्त्रणमा

बर्जुबाट २५७ किलो गाँजा सहित स्कार्पियो प्रहरीको नियन्त्रणमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2801 shares
    Share 1120 Tweet 700
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2226 shares
    Share 890 Tweet 557
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1528 shares
    Share 611 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1384 shares
    Share 554 Tweet 346
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1370 shares
    Share 548 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist