सुनसरी । कोशी गाउँपालिका वडा नं-३ मा रहेको कोशी समुदाय युवा क्लबको आयोजनामा न्यानो कपडा वितरण अभियान सुरु गरिएको छ।
आर्थिक रूपमा कमजोर, अपाङ्गता भएका, अनाथ, बिधुवा तथा विपन्न वर्गलाई लक्षित गर्दै आशा, मुस्कान र मानवताको अनुभूति दिलाउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो।
अभियानअन्तर्गत करिब रु. २ लाख ५० हजार बराबरका न्यानो कपडा वितरण गरिएको छ। जसमा ५० थान ब्ल्याङ्केट, २० थान ज्याकेट, १७ थान हुडी, ४७ थान स्वेटसर्ट, २० थान भेस्ट, १२ थान स्वेटर, साथै प्यान्ट, ट्राउजर, सारी, कुर्ता–सुरुवाल १५ सेट, टोपी, मोजा लगायतका सामग्री समावेश छन्।
कार्यक्रम टुकी फाउन्डेसन, सुनसरी स्टार इङ्लिस बोर्डिङ स्कुल, नेपाल नट क्राफ्ट, अन्सारी ग्रिल उद्योग, पूजा ट्रेड्स एन्ड सप्लायर्स तथा Sams Diagnostic को सहयोगमा सम्पन्न भएको हो। कार्यक्रममा स्थानीय समाजसेवी, अग्रज व्यक्तित्व, विभिन्न क्लबका पदाधिकारी तथा स्थानीय युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कोशी समुदाय युवा क्लबका सचिव रितेश यादव र उपाध्यक्ष पंकज यादवले अभियान सफल बनाउन सहयोग गर्ने सम्पूर्ण दाता तथा सहयोगीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि समाज सेवाका कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो।
त्यसैगरी क्लबका अध्यक्ष जेनिथ कुमार साहले कार्यक्रमलाई मर्यादित र सफल बनाउन सहयोग गर्ने काठमाडौं र विराटनगरबाट उपस्थित नरेन्द्र मण्डल, दिव्यानन्द यादव र अमर रोयप्रति विशेष धन्यवाद व्यक्त गर्दै उहाँहरूको योगदानलाई सदैव स्मरण गरिरहने बताउनुभयो।



