अशिष कुमार यादव
भदाै १७ गते,सुनसरी । नेपाली कांग्रेसका केन्द्रिय सदस्य विजय कुमार गच्छदारले राजनीतिक पूर्वाग्रह राखेर लोकतान्त्रिक अभ्यासलाई नै कमजोर बनाउने गरी आफू विरुद्ध मुद्दा दायर गरिएको बताउनुभएको छ ।
सुनसरीको दुहबीमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा गच्छदारले आफू निर्दोष रहेकोले स्वतन्त्र न्यायपालिकाले आफूलाई न्याय दिने दाबी गर्दै चुनावमा जनताको अदालतले न्याय दिएर बलियो जनाधार बनाउने बताउनुभयो ।
नेता गच्छदारले बालुवाटार बृहत्तर परियोजनामा आफूले मन्त्रीको रुपमा निर्वाह गर्नुपर्ने सामान्य भूमिका बाहेक केही नगरेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेता गच्छदारले सुनसरी क्षेत्र नम्बर ३ बाट आफू सातौँ पटक विजयी हुने घोषणा गर्नुभयो ।