इनरुवा । सुनसरीकाे इनरुवा नगरपालिका वडा नं-४ स्थित रहेकाे श्रि रामजानकि मन्दिरकाे दान पेटीका चाेरी गर्ने एक जना युवा पक्राउ परेकाे छ । यो पनि हेर्नुहोस् :
बिहिबार ईनरुवा ३ बाट चोरी गरेको सामान सहित इनरुवा-४ मा बसाेवास गर्दै आइरहेका राेशन कुमार यादव पक्राउ परेकाे हाे ।
मंगलबार राति करिव १ बजे रामजानकि मन्दिरकाे २ वटा दान पेटीका चाेरी भएकाे थियाे ।
यादवले उक्त दान पेटिकाहरु फुटाई नगद रु.१,२५,०००। (एक लाख पच्चिस हजार) रुपैँया चाेरी गरेका थिए ।
यो पनि हेर्नुहोस् :
चाेरी भएकाे घटना पश्चात् जिल्ला प्रहरी कमर्यालय बाट चोरी पत्ता लगाउन बिशेष टोलि गठन गरिएकाे थियाे ।
अनुसन्धानको सिलसिलामा उक्त दान पेटिका फुटाई नगद चोरी गरि भारत तर्फ भाग्ने योजना बनाउदै गर्दा चोरीमा संलग्न यादवलाई बिशेष प्रहरी टोलिले नियन्त्रणमा लियी अदालतबाट म्याद थप गरि अनुसन्धान शुरु गरेकाे छ । प्रारम्भिक अनुसन्धानको क्रममा उक्त अभियुक्त लागुऔषध दुर्व्यसनि र पटक-पटक ईनरुवा क्षेत्रमा चोरीमा संग्लन रहेको खुलेको ।