ADVERTISEMENT
Tuesday, February 17, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

इनरुवामा पाँचौँ करम पूर्व सन्ध्या तथा सांस्कृतिक कार्यक्रम

गणेश कुमार यादव by गणेश कुमार यादव
September 10, 2022
in मुख्य समाचार, स्थानीय समाचार
0
इनरुवामा पाँचौँ करम पूर्व सन्ध्या तथा सांस्कृतिक कार्यक्रम
53
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको इनरुवामा पाँचौँ करम पूर्व सन्ध्या तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

सुनसरीमा बसोबास गर्ने उराँव समुदायले आफ्नो महान् पर्व करम पूजाको अवसरमा पूर्व सन्ध्या तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको हो ।

नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठान इनरुवाको आयोजनामा शनिवार करम पूर्व सन्ध्या कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएको प्रतिष्ठानका अध्यक्ष बेचन उराँवले जानकारी दिनुभयो ।

भाद्र पूर्णिमाको दिन करम पूजा मनाइने भएकाले त्यस अघि नै जमरा राखेको र सोही जमरा लगाएर करम पूजा सहित सांस्कृतिक कार्यक्रम गरेको जनाइएको छ ।

करम पूजा मनाउन एक हप्ता अगाडि बाजा–गाजा सहित स्थानीय नदीबाट जमरा राख्न बालुवा ल्याइन्छ । सोही विधि अन्तरगत इनरुवाको सुनसरी खोलाबाट बालुवा ल्याएर जमरा राखिएको र शनिबार जमरा लगाएर पुजासगैं पाँचौँ करम पूर्व सन्ध्या तथा सांस्कृतिक कार्यक्रम गरेको उराँवले जानकारी दिनुभयो ।

अध्यक्ष उराँवका अनुसार इनरुवाको प्रतिष्ठानको कार्यालय प्राङ्गणबाट हजार बढीको सङ्ख्यामा उरावहरु आफ्नै मौलिक भेसभुसामा सजिएर र्‍याली निकालिएको थियो । उराँव समुदायको महान् पर्वको बारेमा जानकारी दिन तथा भाषाको संरक्षण गर्ने र मौलिकता प्रदर्शन गर्ने उद्देश्यका साथ कार्यक्रम सम्पन्न गरेको प्रतिष्ठानका उपाध्यक्ष जयप्रकाश उराँवले बताउनुभयो ।

कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि सङ्घीय सांसद सिताराम मेहताले उराँवहरुको पक्षमा नेपाली काँग्रेसले २००७ देखी काम गर्दै आएको बताउनुभयो ।

विशेष अतिथि एवम् नेपाली काँग्रेसका केन्द्रिय सदस्य राजीव कोइरालाले उराँव समुदायको महान् पर्वको अवसरमा शुभकामना दिनुहुँदै उराँवहरुको हरेक क्षेत्रमा प्रतिनिधित्वका लागि पार्टी र आफूले योगदान गर्दै आएको बताउनुभयो ।

प्रतिष्ठानका अध्यक्ष बेचन उराँव, उपाध्यक्ष जयप्रकाश उराँव, सचिव रामलाल उराँव, कोषाध्यक्ष सम्पतलाल उराँव, सहसचिव देवप्रकाश उराँव सहित सदस्यहरु दुर्गानारायण उराँव, परमेश्वर उराँव, रिमा उराँव, जयकुमार उराँव, सल्लाहकार नुनुलाल उराँव, वासुदेव उराँव, उराँव अगुवा जयराम उराँव, भूमि उराँव, प्रेमलाल उराँव, लक्ष्मी उराँव, विनोद उराँव, विजय उराँव लगायत उराँवको उपस्थितिमा सन्ध्या कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा भारतको झारखण्डको राची विश्व विद्यालयका प्राध्यापक महेश भगत सहित पाँच जनालाई सम्मान गरिएको थियो ।

 

Previous Post

बलाहा बचत तथा ऋण सहकारी संस्थाको सधाराण सभा सम्पन्न

Next Post

त्रिचन्द्रमा नेविसंघ र प्रहरीबीच ढुंगा हानाहान

Next Post
त्रिचन्द्रमा नेविसंघ र प्रहरीबीच ढुंगा हानाहान

त्रिचन्द्रमा नेविसंघ र प्रहरीबीच ढुंगा हानाहान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2802 shares
    Share 1121 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2231 shares
    Share 892 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1529 shares
    Share 612 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1386 shares
    Share 554 Tweet 347
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1371 shares
    Share 548 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist