ADVERTISEMENT
Tuesday, January 13, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

आठौ संविधान दिवशका अवसरमा इनरुवामा प्रभातफेरी

गणेश कुमार यादव by गणेश कुमार यादव
September 19, 2022
in मुख्य समाचार, स्थानीय समाचार
0
आठौ संविधान दिवशका अवसरमा इनरुवामा प्रभातफेरी
45
SHARES
Share on FacebookShare on Twitter

असोज ३ गते ,इनरुवा। आठौ संविधान दिवशका अवसरमा सोमबार सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकामा संविधान दिवश मुल समारोह समितिले प्रभातफेरी निकालेको छ । जिल्ला समन्वय समिति प्रमुख र प्रमुख जिल्ला अधिकारीको अगुवाईमा हजारौं संख्यामा सरोकारबालाहरुको सहभागितामा प्रभातफेरी निकालेको हो ।   सोमबार बिहान इनरुवा वडा नम्बर ४ स्थित शहिद गेटमा रहेको विर शहिदहरुको सालिकमा मलायार्पण गर्दै सुरु भएको सशस्त्र प्रहरी र नेपाली सेनाको पञ्चेबाजा सहितको र्याली नगरको परिक्रमा गर्दै लोकतान्कि चोकसम्म र गोलचौकदेखी महानन्द पार्क सहित बजार परिक्रमा गरी पार्कमा रहेको नेपाली राष्ट्यि झण्डा फहराउने कार्यक्रममा समावेश भएको थियो ।
संविधान दिवसको अवसरमा इनरुवा ४ स्थित शहिद गेट अगाडी भेला भई मधेश आन्दोलनका सहिदद्वय हरि मेहता र श्यामसुन्दर मेहताको सालिकमा माल्यार्पन गरिएको छ । इनरुवाको सहिद गेटबाट निकालिएको प्रभावफेरीमा नेपालको झण्डा, संविधान संरक्षण सबैको नेपालको कर्तव्य हो, मौलिक हकको सुनिश्चित गर, नेपालको नयाँ नक्सा कार्यान्वयन गर जस्ता खबरदारी लगायतका प्लेकार्डमा लेखिएका नाराहरु बोकी तथा संविधान दिवसको ब्यानर बोकी ¥याली निकालिएको थियो । संविधान दिवशको अवसरमा इनरुवा नगरपालिका प्रमुख तथा नेपाली काग्रेस जिल्ला सभापती केदार भण्डारी, उपप्रमुख विनिताकुमारी मेहता, जिल्ला समन्वय समिति प्रमुख राजन मेहता र प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, नगरपालिका उपसचिव डिल्लीराज निरौला सहित सबै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, सदस्य, कर्मचारी, प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकाल सहित सुरक्षाकर्मी तथा स्थानीय संघसंस्थाका प्रतिनिधि, शिक्षक, प्रधानाध्याक विधार्थी एवम् समाजसेवीहरु प्रभातफेरीमा सहभागि भएका थिए ।

भिडियो :

संविधान दिवशको अवसरमा महानन्द पार्कमा झण्डोत्तोलन गरिएको छ । नगरमा झण्डोत्तोलनपछि बोल्दै समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख राजन मेहताले जनताको त्याग, तपस्या, बलिदान तथा संघर्षबाट प्राप्त संविधानको जगबाट गाउँनगर सहित मुलुकको समग्र विकासको गति अघि बढ्दै गरेकोमा बधाई तथा शुभकामना दिनुभयो ।
मेहताले विकास र समृद्धिका लागि सबै नागरिकलाई समानताको हिसावले हेर्नुपर्ने र राज्यका सबै निकायमा लोकतन्त्रको अनुभुती तिलाउने गरि काम गर्नुपर्नेमा जोड दिनुभयो । मेहताले आठौ संविधान दिवश मनाईरहदाँ जिल्लामा सबै भन्दा ठूलो , सभ्य र भव्य कार्यक्रम यसपाली भएको र त्यसमा जिल्ला समन्वय समिति सहित प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको पहलकदमी र अगुवाईमा हजारौं संख्यामा सरोकारबालाहरुको सहभागितामा प्रभातफेरी गरिएको बताउनुभयो ।यसैगरी, आईतबार प्रत्येक वडाका बजार तथा महत्वपूर्ण स्थानमा सरसफाई र साँझमा जिल्लाभरीका उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका कार्यालय सहित सबै सरकारी कार्यालयमा दिपावली गरिएको थियो । सोमबार साँझ पनि सबै नगरपालिका कार्यालय र सवै वडा कार्यालयमा दिपावली गरिएको छ । साथै प्रत्येक गाउँ तथा नगरवासीलाई साँझ दिपावली गर्न मेहताले आव्हान समेत गर्नुभयो ।

यहाँ तीन दिने संविधान दिवशको कार्यक्रम अन्तर्गत जिल्ला समन्वय समिति र जिल्ला प्रसाशन कार्यालय सहित नगरपालिका कार्यलयमा दिप प्रज्वलन गरी दिवश कार्यक्रम गरेको छ । उता इनरुवा नगरपालिका कार्यालय र यहाँ १० वटै वडा कार्यालयमा झण्डोत्तोलन समते गरिएको छ ।

Tags: इनरुवा नगरपालिकाझण्डोत्तोलनप्रमुख जिल्ला अधिकारीमहानन्द पार्कसंविधान दिवश
Previous Post

कवडी खेलाडीलाई जर्सी र बुट

Next Post

प्रत्यक्ष निर्वाचनमा महिलालाई उम्मेदबार बनाउन माग

Next Post
प्रत्यक्ष निर्वाचनमा महिलालाई उम्मेदबार बनाउन माग

प्रत्यक्ष निर्वाचनमा महिलालाई उम्मेदबार बनाउन माग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2801 shares
    Share 1120 Tweet 700
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2229 shares
    Share 892 Tweet 557
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1528 shares
    Share 611 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1385 shares
    Share 554 Tweet 346
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1371 shares
    Share 548 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist