इनरुवा । सुनसरीको इनरुवा नगरपालिका वडा नं–६ का वडा सदस्य उत्तम कार्कीले आफैं डेङ्गु तथा घाँस मार्ने दबाइ छर्नेकाम सुनरु गरेका छन् ।
इनरुवा नगरपालिका वडा नं–६ का वडा सदस्य कार्कीले इनरुवाका युवाहरुको आर्थिक सहयोगमा आफैं डेङ्गु तथा घाँस मार्ने दबाइ छर्न थालेका हुन् ।
बुधबार देखी इनरुवा–६ साबिक मधेशा वडा नं–५ बाट काकीले र अन्य मजदुरहरू मिलेर डेङ्गु तथा घाँस मार्ने दबाइ छर्न सुरु गरेका छन् ।
नेपालको बिभिन्न ठाउमा डेङ्गुको संक्रमण बढिरहेको अवस्थामा इनरुवा–६मा यस्को संक्रमण नफैलियोस् भनेर बुधबारबाट डेङ्गु तथा घाँस मार्ने दबाइ छर्ने काम सुरु गरेको र एकसरिनै साबिक मधेशाका अन्य वडाहरूमा पनि डेङ्गु तथा घाँस मार्ने दबाइ छर्ने इनरुवा नगरपालिका वडा नं–६ का वडा सदस्य उत्तम कार्कीले जानकारी दिए ।
कार्कीले इनरुवाका युवा तथा समाजसेवीको आर्थिक सहयोगमा दबाइ छर्किने काम भैरहेको र वडाबाट हाल केही सहयोग नभएको पछि वडाले पनि यस कार्यमा सहयोग गर्ने जानकारी दिए ।
वडा सदस्य कार्की आफै वडामा दबाइ छर्दै गर्दा उनीसँगको कुराकानीमा उनले “जनताको सेवक हो, जनताले मलाई आफ्नो अमूल्य मत दिएर काम गर्नको लागी जिताउनु भएको छ र म वहाँहरूको सेवामा खटिरहने छु ।” भनेन बताए ।
कार्कीले थालनी गरेको कार्य सराहनीय भएको र अरु अरु वडाका जनप्रतिनिधिहरूले यसरी नै जनताको सेवा गर्नुपर्ने स्थानीय बताउँछन् ।