सुनसरी । नेकपा एमालेकी नेतृ तथा प्रतिनीधिसभा तर्फ सुनसरी क्षेत्र नम्वर ३ का उमेदवार भगवती चौधरीले फरवार्ड माइक्रोफाइनान्स वित्तीय संस्थाको मार्फत ग्रामिण क्षेत्रका महिलाहरुलाई शसक्तिकरणको नाममा शोषण गरेको वेदनारायण गच्छदाले आरोप लगाएको छ ।
नेपाली काङग्रेस दुहबी नगर कार्य समितिको बैठकलाई सम्बोधन गर्नुहुदै नेपाली काँग्रेसका नगरसभापति तथा दुहबी नगरपालिकाका प्रमुख समेत रहेका गच्छदारले सो कुराको आरोप लगाउनु भएको हो ।
गच्छदारले ग्रामिण क्षेत्रका सिधासोझा महिलालाई समुह बनाएर चर्को ब्याजमा ऋण प्रवाह गर्ने र ढाड्सेक्ने गरि आर्थिक तथा मानसिक पिडा दिएर चौधरीले ऋण असुलि गर्ने गरेको अरोप लगाउनुभयो ।
ग्रामीण क्षेत्रका महिलाहरुबाट अनाधिकृत रुपमा उठाएको व्याजबाट भगवती चौधरीले महल बनाउने गरेको र ग्रामिण क्षेत्रका सिधा सोझा तथा गरिब महिलालाई उठीवास बनाउने गरेको दाबी गर्नुभयो ।
केही दिन अघि मात्र ऋण उठाउने नाममा कैंयौ ऋणीहरुलाई कुटपिट समेत गरेको ताजा उदाहरण रही रहेको गच्छदारले बताए ।
चौधरी राज्यमन्त्री भएको बेलामा केपी ओली प्रधानमन्त्री हुदा समेत सुनसरी क्षेत्र नम्बर ३ का जनतालाइ कुनै किसिमको सुबिधा र बिकास निर्माणका योजना पार्न नसक्नु तर बिपक्षी पार्टीलाइ अधारहिन अरोप लगाउनु ब्यर्थ भएको गच्छदारले सम्बोधनको क्रममा बताए ।
एमालेका नेता केपी शर्मा ओलीको गोजीको जस्तै पार्टी भएको र अहिले राजाबादी पार्टीसंग तालमेल, २०६२÷६३ को जन आन्दोलनका बेलामा चढेको बयलगाँडा, अध्यादेश मार्फत वाक स्वतन्त्रतालाइ नै कुन्ठित पार्ने र सामाजिक सन्जाल बर्जित गर्ने गरि ल्याइएको बिधेयक, हेर्दा उनी प्रजातन्त्र बादि हुनै नसक्ने जिकिर समेत गर्नुभयो । नेता गच्छादारले आफ्नै बिरोधमा उभिएको भन्दै घनश्याम र भिम रावललाइ टिकट नदिने ओली अधिनायकवादी, तानाशाहि र एकात्मक राज्यको अगुवा भएको कारणले काँग्रेस बाहेक मुलुकमा प्रजातान्त्रिक पार्टी अन्य कुनैपनि पार्टी नभएको दाबी गर्नुभयो ।
आफ्नै पार्टी भित्रका कार्यकर्तालाइ हेप्ने, बोल्न नदिने, खुइलाउने, इगो राख्ने नेताले हाकेको पार्टीले चुनाव जिते मुलुक र मुलुकबासीको हित कसरि हुने भनी उहाँले प्रश्न समेत तेर्साउनु भएको थियो ।
जनताले गत निर्वाचनमा दुई तिहाइको सरकारको नेतृत्व गर्नका लागि पठाएपनि ३ बर्षको सरकारको अवधिमा अर्बौ भ्रस्टचार र अनियमितताका साथै वाक स्वतन्त्रता माथि लगाइएको बन्देज, बिरोधिलाइ दिएको सास्ति र हावादारी उखान टुक्काले सबै छर्लङ्ग भएको र यी कुरा जनताले छिनोफानो गर्नुपर्ने गच्छादारले बताउनुभयो ।
ललिता निवास प्रकरण सुझबुझका साथ रजनीतिक प्रतिशोध शाधनका लागि भएको र बिजय गच्छादारलाइ फसाइएको भन्दै उहाँले संसदीय कोष हरायो भनेर बिपक्षीले लगायको आरोप निराधार भएको जिकिर गर्नुभयो ।
संसद मर्न सक्छ, राजिनाम दिन सक्छ, जेल जान सक्छ तर संसदिय कोष कहिले सकिदैन, जनताको खुन पसिनाको पैसा कोषमा रहन्छ र त्यो पाउने छ उहाँले भन्नुभयो । आरोप लगाउदैमा कोही अपराधि नहुने भएकाले अदालतले पुस्टि गर्ला तर त्यो भन्दा पहिला सुनसरी क्षेत्र नम्वर ३ का जनताको अदालतले अबस्य न्याय दिने उहाँले बताउनुभयो ।
दुहबी नगर समितिको उक्त बैठकले नगर सभापतीको संयोजगत्वमा ३ सय ५१ जना नगर स्तरीय चुनाव प्रचार प्रसार समिति गठन गरेको छ भने १५१ जनाको वडा स्थतरीय र १०१ जनाको टोल स्तरीय समिति समेत गठन गर्ने निर्णय गरेको छ ।