कार्तिक ८ गते,इनरुवा । सुनसरीको इनरुवामा नेपाल संवत् ११४३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम तथा न्हू भियान्तुना कर्यक्रम सम्पन्न भएकाे छ ।
बुधबार इनरुवा-१ स्थित रहेकाे माँ जानकी पार्टी प्यालेसमा झिगु नेवा : समाज समिति इनरुवा सुनसरीकाे आयाेजनामा नेपाल संवत् ११४३ को अवसरमा शुभकामना आदानप्रदान तथा न्हू दँया भियान्तुना कार्यक्रम सम्पन्न भएकाे हाे ।
शुभकामना आदानप्रदान तथा न्हू दँया भियान्तुना कार्यक्रमकाे अवसरमा ज्येष्ठ नागरिक दिल बहादुर श्रेष्ठ, ८४ वर्षिया नन्द कुमारी श्रेष्ठ लाई सञचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले दाेसल्ला ओढाएर सम्मान पत्र प्रदान गरि सम्मान समेत गर्नुभएकाे थियाे ।
त्यस्तै एसइई परीक्षामा छात्रतर्फ ८८.७५ प्रतिशत ल्याई सर्वोत्कृष्ट रोनज श्रेष्ठ र छात्रातर्फ सृष्टि श्रेष्ठले ८७.२ प्रतिशत ल्याएकोले उनीहरुलाई दोसल्ला ओढाई र सम्मान पत्र प्रदान गरि मन्त्री जकार्कीले सम्मान गर्नुभएको झिगु नेवा: समाज इनरुवा सुनसरीका उपाध्यक्ष शंकरनाथ महाँजुले जानकारी दिनुभयाे ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर।कार्की, जिल्ला समन्वय समिति सुनसरीका प्रमुख राजन मेहता,इनरुवा नगरपालिकाका मरनगर प्रमुख केदार भण्डारी ,उप प्रमुख विनिता कुमारी मेहता गलायतले शुभकामना मन्तवय राख्नु भएकाे थियाे ।
उक्त कार्यक्रममाप्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की, विशिष्ट अतिथि जिल्ला समन्वय समिति सुनसरीका प्रमुख राजन मेहता,इनरुवा नगरपालिकाका मरनगर प्रमुख केदार भण्डारी ,उप प्रमुख विनिता कुमारी मेहता, जिल्ला अस्पताल इनरसवाका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) देवराज घिमिरे , लगायतकाे आतिथ्यता रहेकाे थियाे ।
उक्त कार्यक्रम झिगु नेवा: समाज इनरुवा सुनसरीका अध्यक्ष भूपाल प्रधानको अध्यक्षतामा सम्पन्न भएको थियाे।