गनेश कुमार यादव
कार्तिक ३० गते,इनरुवा । सुनसरी निर्वाचन क्षेत्र नं-४ नेकपा एमालेकाे तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार जगदीश कुशियैतले सुनसरी निर्वाचन क्षेत्र नं-४ आज सम्म गुलामीकाे जन्जिरमा छ भन्नू भएकाे छ ।
मंगलबार इनरुवा नगरपालिका वडा नं-८ गणेशपुर स्थित चुनावी सभालाई सम्बाेधन गर्दै कुशियैतले उक्त कुरा भन्नू भएकाे हाे ।
कुशियैतले भने “सुनसरी निर्वाचन क्षेत्र नं-४ आज सम्म गुलामीकाे जन्जिरमा छ।,`कहिलाे यस क्षेत्रमा गिरिजा प्रसाद काेइराला आउँछ,कहिले सुजाता काेइराला,ज्ञानेन्द्र बहादुर कार्की आउँछन् ।”
कुशियैतले भने”कांग्रेसकाे बच्चा याे क्षेत्रबाट सासंद हुनसक्दैन?,`कांग्रेसकाे बच्चा प्रदेश सासंद हुनसक्दैन?,`निश्चित हुन सक्छ अहिले यश क्षेत्रलाई गुलामीकाे जन्जिरमा बाँधेकाे छ ।”
“आयातित उम्मेदवार यश क्षेत्रमा सदासदाकाे लागि हावी भएकाे छ।,`यदि हामी सबै ती आयातित उम्मेदवारलाई परास्त गरेनौं भने यहाँका भूमि पुत्र,यश क्षेत्रका वासिन्दा कहिलेपनि राजनीति गर्ने लायकको रहँदैनाै ।,`त्याे राजनीतिकाे लागि म कांग्रेसका मित्रहरुलाई पनि भन्न चाहान्छु तपाहरुकाे पनि साथ मलाई चाहियाे,म र प्रदेश सभा सदस्य पदका उम्मेदवार अब्बास यदि चुनाव जित्याै भने भाेली बाध्य भएर नेपाली कांग्रेस यश क्षेत्रका उम्मेदवार यै ठाउँका भूमि पुत्रलाई दिन्छ ।” भनी कुशियैतले मतदातालाई भूमि पुत्रलाई विजय गराउन आग्रह समेत गर्नुभएको थियाे ।
अहिले जताततै “मत सबै जगदीश कुशियैतलाई हाल्नुस् ,नेकपा एमालेलाई हाल्नु स्,सुर्य चिन्हमा हाल्नुस् तर जित त एमालेकाे हुँदैन काँग्रेसकाे हुन्छ ज्ञानेन्द्र बहादुर कार्कीकाे हुन्छ।,` चर्चाकाे बिषय बनेकाे छ ।,` २०५१ सालमा गिरिजा प्रसाद काेइरालालाई चुनाैति दिएर तपाईंको धर्ती पुरत्र जगदीश कुशियैतले चुनाव जितेकाे छ।,गिरिजा प्रसाद काेइरालालाइ मैले भनेकाे थिए यदी गिरिजा प्रसादले बुथ क्याप्चर गर्न सक्छ भने जगदीश कुशिैतले पनि बुथ क्याप्चर गर्न सक्छ ।, मतपाइहरुलाई विश्वास दिलाउन चाहान्छु भाेट खसाल्ने जिम्मा तपाईहरुकाे हाे,घरघर पुगेर भाेट माग्नुस् भाेट खसेकाे बाकसकाे रक्षा गर्ने जिम्मा तपाईंको सपूत,धर्ती पुत्र तयार छ हजुरहरुकाे अपमान हुन दिंदैन , सिर झुक्न दिदैन त्यस्काे लागि कठिन भन्दा कठिन लडाइँ लड्न तयार छु।”सभालाई सम्बाेधन गर्दै कुशियैतले भने ।
चुनावी सभामा सुनसरी क्षेत्र नं-४ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार जगदिश प्रसाद
कुशियैत मतदाताहरु समक्ष मत माग्न जाँदा त्यहाँका मतदाताहरु उत्साहित हुँदै वियज हुनु भनी आशीर्वाद दिंदै भने”अन्य उम्मेदवारहरु अगाडि पछाडि गाडिहरुकाे लावा लस्कर लिएर आउँछन् आफ्नै कार्यकर्ताहरुलाई भाषण सुनाएर जान्छन् ।,`हामी निमुखा जनताकाे सम्या हेर्नत दुर समस्या सुनाउन पनि कठिनै हुन्छ वहाँहरुलाई।,`अगाडि पछाडी सुरक्षा कर्मी त्यसपछि नेता कार्यकर्ता हामी वहाँसमक्ष आफ्नो कुरा राख्नै पाउँदैनौ।” मतदाताहरु कुशियैत संग प्रत्यक्ष रुपमा आफ्नो समस्या सुनाउन पाउँदा उत्साहित हुँदै एसपटक भूमी पुत्रलाई विजय बनाएर कामद बनाएका आयातित उम्मेदवारलाई ससम्मान विदा गरिदिने आस्वासन दिएका थिए ।
कुहियैत,सुनसरी क्षेत्र नं४(ख) प्रदेश सभा सदस्य पदका उम्मेदवार अब्बास अंसारी,युवा नेता मनाेज मेहता,सराेज पाेखरेल लगायतकाे आतिथ्यता रहेकाे थियाे भने उत्साह जनक मतदाताहरुकाे सहभागिता रहेकाे थियाे ।