पंकज साह निखिल
मंसिर १५गते,सप्तरी । राजविराजमा विश्व एड्स दिवसकाे अवसरमा र्याली तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ। बिहिबार सप्तरीको राजविराजमा उक्त कार्यक्रम सम्पन्न भएकाे हाे ।
उक्त कार्यक्रमलाई राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परविनले सम्बोधन गर्दै एड्सलाई रोक्न आग्रह गरेको र सबै खाले असमानताहरूलाई सामधान गर्न सकिने बताउनुभयो । कार्यवाहक नगरप्रमुख परविनले हिंसा र रोग लुकाउन नहुने भन्नुहँदै हिंसा, यौन स्वास्थ्य अनिप्रजनन अधिकार एवं प्रजनन स्वास्थ्यका कुराहरू खुलेर गर्न आव्हान समेत गर्नुभयो । सप्तरीको राजविराजमा आज आयोजित उक्त कार्यक्रमका वक्ताहरुले एड्सको महामारीलाई अन्त हुननदिने असमानता र विभेदलाई अन्तगर्न जरुरी रहेको बताउनुभयाे । इन्सेकप्रतिनिधिमनोहर पोखरेलले एचआइभी सङ्क्रमितहरूलाई अवहेलना होइन उपचार गर्नुपर्ने आवश्यक्ता रहेको बताउनु भयो । एचआइभी सङ्क्रमितको मृत्युदर, नयाँ एचआइभी सङ्क्रमण दर र एचआइभी संक्रमितप्रतिको भेदभाव दर शून्यमा पूर्याउन कटिबद्धहुनुपर्ने उहाँले बताउनु भयो ।
जिल्ला स्वास्थ्यकार्यालय सप्तरीका डम्बर यादवले विभिन्न सरकारी स्वास्थ्य संस्थाहरूमा नि:शुल्क पाइने औषधिको नियमित सेवन र स्वास्थ्य जीवन शैली अपनाउँदा एचआइभी सङ्क्रमितहरू अन्यव्यक्ति सरह सहज र लामो जीवन बाँच्न सक्ने बताउनु भयो । सङ्क्रमित रक्तग्रहण गरिएमा, सङ्क्रमितले प्रयोग गरेको सुई जन्य छाला छेड्ने औजार प्रयोग गरेमा र सङ्क्रमित आमाबाट जन्मने बच्चाहरूमा मात्र एचआइभी सङ्क्रमणको सम्भावना रहने गजेन्द्रनारायण सिंह अस्पताल राजविराजकी नर्स सुनितायादवले बताउनु भयो । ओसिएमसीकी मनिषा सिम्खडाले एचआइभी सङ्क्रमितसँगहाँस्दा, बोल्दा, जूठो खाँदा र एउटै तौलिया वाचर्पी प्रयोग गर्दा एचआइभी सर्छ भन्ने कुरा भ्रम मात्र रहेको बताउनु भयो । यसैगरी पुरुषसँगशारीरिक सम्पर्क गर्ने पुरुषहरू, सुईद्वारा नशा सेवनगर्ने व्यक्तिहरू, असुरक्षित यौन कर्म गर्ने महिला यौनकर्मी र तिनका सेवाग्राहीहरूमाजोखिमको सम्भावनाउच्च रहेको छ ।
सहयोगी समाजका कार्यक्रम संयोजक प्रदिप लामिछानेको अध्यक्षता र रामप्रकाश चौधरीले स्वागत गर्नुभएको अन्तरक्रिया कार्यक्रमअघि रातो रिबन राखिएको विभिन्नब्यानरहरू, नारा र चिह्नहरू बोकेर निक्लिएको र्यालीले राजविराज नगर परिक्रमा गरेको थियो । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत विभिन्न संस्थाहरु सम्मिलितमूल समारोह समितिको आयोजनामा १६ दिनसम्म र्याली, गोष्ठि, सभा, अन्तर क्रियाकार्यक्रम भइ रहेको छ ।