राजविराज, ०२ पौष । पंकज साह निखिल
श्री जगन्नाथ रथयात्रा महोत्सव राजबरिाजमा शनिवार पहिलो पटक धुम धाम साथ निकालिएको छ ।
श्री जगन्नाथ रथयात्रा समिती सप्तरीको आयोजनामा राजविराज नगरपालिका वडा नं. ७ हटयिामा रहेको लक्ष्मी नारायण राधाकृष्ण मन्दिरबाट धुम धाम साथ श्री जगन्नाथ रथयात्रा निकालिएको थियो । लक्ष्मी नारायण राधाकृष्ण मन्दिर हटयिाको र्पुव गेट बाट निकालिएको श्री जगन्नाथ रथयात्रा महोत्सव मेन रोड बाट सुरु हुँदै सहदि चोक, सिरहा रोड भई राम मन्दिर, अदालत रोड, गजेन्द्र चोक, हनुमान मन्दिर हुँदै कंचनपुर रोड भएर राजदेबी मन्दिर, तेतरी गाछी चोक हुँदै पुनः सहदि चोकमा आई सिरहा रोड हटयिाको गेट दक्षिण हुँदै लक्ष्मी नारायण राधाकृष्ण मन्दिरमा पुगेर विसर्जन भएको थियो । जगन्नाथ रथयात्रा महोत्सव सम्र्पुन भक्तजनहरु नाँच्दै गाँउदै हर्षको साथ भजनमा रमाएका थिएँ । भगवान श्री कृष्णको आत्मा, जगन्नाथ मन्दिर भारतको पश्चिम बंगाल राज्य अन्तर्गत पुरीमा रहेको विश्वास सहित राजविराजमा आयोजित राधाकृष्णको झाँकी सहित महोत्सव मनाइएको थियो । ब्रह्मकुमारी राजयोग सेवा केन्द्र राजविराज सहित विभिन्न धार्मिक संघ संस्था लगायत करिब १० हजार सर्वसधारणको सहभागीता रहेको श्री जगन्नाथ रथयात्रा समितीे सप्तरीको कायर्कता प्र्रभाकर साहले जानकारी दिनुभयोे ।