पुस १४ गते,इनरुवा। सुनसरीको इनरुवामा
पालिका स्तरिय बहुक्षेत्रीय पाेषणकाे अभिमुखिकरण तथा समिति गठन कार्यक्रम सम्पन्न भएकाे छ ।
बिहिबार इनरुवा नगरपालिकाकाकाे सभाहलमा नगरप्रमुख केदार भण्डारीकाे अध्यक्षतामा पालिका स्तरिय बहुक्षेत्रीय पाेषणकाे अभिमुखिकरण तथा समिति गठन कार्यक्रम सम्पन्न भएकाे हाे ।
उक्त कार्यक्रममा १५ जनाकाे समिति गठन गरेकाे इनरुवा नगरपालिकाका जनस्वास्थ्य प्रमुख निखिल पाेखरेलले जानकारी दिनुभयाे ।
समितिमा इनरुवा नगरपालिकाका नगरप्रमुख केदार भण्डारी अध्यक्ष ,उपप्रमुख उपाध्यक्ष ,इनरुवा नगरपालिकाका दस वटै वडाका वडा अध्यक्षहरु सदस्य ,नगरपालिकाका महिला सदस्य हरु मध्ये शशिकला चाैधरी,मिरा देवी सर्दार,इनरुवा नगरपालिकाका सामाजिक शाखा अधिकृत कपिलदेव मेहता समितिमा चयन भएकाे हाे ।
उक्त कार्यक्रममा प्रदेश बहुउपसंघका क्षेत्रिय संयाेजक संजिव लामा घिसिङले मानिस जिवनमा पाेषणकाे महत तथा पाेषणयुक्त खानेकुरा बालबालिकालाई किन आवश्यक छ? र गाउँमा पाेषणयुक्त खानेकुरा के के हुन्? प्रसुति तथा सुत्केरी ,बालबालिका लगायतका मानिसलाई पाेषयणयुक्त खानेकुराको महत्त्व बारे चर्चा गर्नुभएको थियाे।
कार्यक्रममा प्रमुख अतिथि प्रदेश याेजना आयाेगका सचिव जयकुमार घिमिरेले पाेषणकाे अवस्था कम्जाेर भएकाे कारणले र पाेषणमा सुधार गरनका लागि विश्वभरि नै पाेषणका कार्यक्रमहरु विभिन्न दातृ संस्थाकाे माध्यमबाट संचालन भैरहेकाे जानकारि दिनुभयो ।
वहाँले भन्नू भयाे” अशिले हाम्रो समाजमा हेर्दा बालबालिकामा सुक्ष्म पाेषक तत्वहरुकाे कमी छ।,बढ्दाे उमेरका बालबालिकाहरुमा प्राेटिनकाे कमी छ,जंग फुडले गर्दा हाम्रो घरमा रहेका पाेसिलाे खानेकुरा छाँयामा परेकाे छ।”
त्यसैगरि इनरुवा नगरपालिकाकी उपप्रमुख बिनिता मेहताले एस्ता जानकारी मूल्य कार्यक्रम एउटा काेठामा मात्र हाेइन थाउँ गाउँमा, जहाँ शिक्षाकाे कमी छ त्यस्ता ठाउँमा गएर गरेकाे राम्रो हाे भन्ने धारणा खाख्नु भएकाे थियाे ।
उनले भन्नू भयाे “जुन समिति गठन भयाे त्याे समिति यहाँ बसेरमात्र हाेइन गाउँ गाउँमा गएर, दलित बस्ती,जहाँ शिक्षाकाे कमी छ त्य ठाउँबाट सुधार गर्दै ल्याउनु पर्छ ।”
कार्यक्रममा प्रमुख अतिथि प्रदेश याेजना आयाेगका सचिव जयकुमार घिमिरे, विशिष्ट अतिथि इनरुवा नगरपालिकाकी उपप्रमुख बिनिता मेहता , इनरुवा नगरपालिकाका प्रमुख प्रशाशकिय अधसकृत दशरथ राई, इनरुवा नगरपालिका वडा नं-५,९,१०,३,७का वडा अध्यक्ष ,कार्यपालिका सदस्यहरु,महिला स्वास्थ्य स्वयंसेविकाहरु लगायतकाे उपस्थित रहेकाे थियाे । उक्त कार्यक्रम इनरुवा नगरपालिकाले आयाेजना गरेकाे थियाे।