गनेश कुमार यादव
पुस २६ गते, इनरुवा । इनरुवा नगरपालिका वडा नं-५ बलाहाकी १८ जना महिलाहरुलाई उद्यमसशिलता विकास तालिम दिएकाे छ ।
इनरुवा नगरपालिका वडा नं-५ काे कारयालयमा घरेलु तथा साना उद्योग कार्यालय इटहरीकाे आयाेजना तथा प्रगति जागरण मञ्च इनरुवा -५ सुनसरीकाे सहजिकरणमा बलाहाका १८ जना महिलाहरुलाई उद्यमसशिलता विकास तालिम दिएकाे हाे ।
वडा कार्यालयकाे सभाहलमा मंसिर २५ गते देखि पुस २६ गते सम्म स्थानिय १८ जना महिलाहरुले चुत्ता र चप्पल बनाउने तालिम दिइएकाे इनरुवा नगरपालिका वडा नं-५ का वडा अध्यक्ष अनिल कुमार पाेखरेलले जानकारी दिनुभयाे ।
उद्यमसिल तालिम अन्तर्गत बजार व्यवस्था देखि जुत्ता चप्पल बनाउन सिकाइएकाे तालिममा सहभागी दिपा केसीले जानकारी दिइन् । केसीका अनुसार आफुहरु पहिला घरमा त्यतिकै घरका कामहरु गरि बसेर समय खेर फाल्ने गरेकाे तर उद्यमसिल तालिम लियी सीप सिकेर घरमै बसेर खेर फाल्ने समयकाे बचत संगै आय आर्जन समेत गर्न सक्ने जानकारी दिइन् ।