पुस २७ गते,इनरुवा । सुनसरीको इनरुवा–२ स्थित रहेको शिव बाबा इन्टरप्राइजेज सुपरसोको सोरुमान विद्युतिय मोटरसाइकल खरिद गर्दा १५ देखि २० हजार सम्मको छुटको पाइने अफर आएको छ ।
इनरुवा–२ होण्डा सोरुमदेखि पूर्वमा रहेको शिव बाबा इन्टरप्राइजेज सुपरसोको सोरुमानले बुधबार २०२३ को बिशेष अफरमा विद्युतिय जुनसुकै मोटरसाइकलको खरिद गर्दा १५ देखि २० हजार सम्मको छुट पाइने अफर ल्याएको हो ।
शिव बाबा इन्टरप्राइजेज सुपर सो सोरुमका डाइरेक्टर अभिदेव मेहताले पूर्वाञ्चलमा पहिलो पटक इनरुवामा विद्युतीय मोटरसाइकलको सोरुम सञ्चालनमा ल्याएको जानकारी दिनुभयो र सञ्चालन आएसंगै विभिन्न अफरहरु समेत ल्याउँदैगरेको जानकारी दिनुभाये ।
मेहताले विद्युतीय मोटरसाइकल, स्कुटरको विशेषता बताउँदै पेट्रोलियम पदार्थ बाट चल्ने मोटरसाइकल तथा स्कुटरको तुलनामा विद्युतीय मोटरसाइकल राम्रो रहेको जानकारी दिनुभयो । मेहताले पेट्रोलियम पदार्थ बाट चल्ने मोटरसाइकल तथा स्कुटर जस्तो महिना पिछे सर्भिसिुङ गर्ने झन्झट नभएको र विद्युतीय मोटरसाइकल तथा स्कुटरमा सर्भिसिङ गर्नुपरे पनि कम्प्युटरबाट मर्मत सम्हार सजिलै हुने भएकोले विद्युतीय मोटरसाइकलमा महिना महिनै सर्भिसिङिको तथा पेट्रोलियम पदार्थको खर्च बचाउन सक्ने जानकारी दिनुभयो ।