माघ १६ गते,इनरुवा । सुनसरी निर्वाचन क्षेत्र नं-४ (ख) बाट प्रदेश सभा सदस्यमा विजय भएका हाजी इस्राइल मन्सुरीले चुनावमा दिएकाे आस्वासन सरकार गएपनि नगएपनि पूरा गर्नेछु भनेर बताएका छन् ।
साेमबार रामधुनी-४ मा धन्यवाद तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बाेधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।
उनले भने”चुनावमा दिएकाे आस्वासन सरकार गएपनि नगएपनि प्रदेश सरकारमा गएपनि नगएपनी पूरा गर्नेछु।,`तपाईंहरूले जिताएर पठाउनु भकाेछ हामीलाई,हामी प्रदेश पछाडि डेक्समा बस्न हाेईन हामी तपाईंहरूको लागि अगाडि बसेर यश क्षेत्रकाे ३२ वटै वडामा क्षेत्र नं(क) र (ख) गरि दुवै माननीय मिलेर प्रदेशको विभिन्न मन्त्रालयबाट हामी लागि परेका छाैं ।”
कर्काे प्रसंगमा उनले भने” गठबन्धनले प्रदेश-१ मा धेरै उपलब्धि भयाे तर क्षेत्र नं-४ का कुनै कुनै वडामा गठबन्धनले धाेका पनि दियाे।,’याे गठबन्धनले देशमै पहिलाे पार्टी नेपाली कांग्रेसलाई स्थापित गरेकाे छ,त्यैपनि गठबन्धनबाट नेपाली कांग्रेसलाई फाईदा भएकाे छ ।”
आगामी दिनमा जनताले दिएकाे मतकाे कदर गर्दै सबैकाे मनाेभावना बुझि सबैकाे सथसहयाेग लिदैं विकासका कामहरु गर्ने प्रतिबद्धतासमेत उनले गरे।
कार्यक्रममा प्रमुख अतिथि निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की,विशिस्ट अतिथि प्रदेश सभा सदस्य सदानन्द मण्डल,अतिथी रामधुनी नगरपालिकाका सभापति सुदिप अधिकारी,डिल्ली राज कार्की,केशव खड्का,घनश्याम माझी लगायतकाे आतिथ्यता रहेकाे थियाे भने नेपाली कांग्रेसका अगुवा नेता तथा कार्यकर्ताहरु उत्सहजनक उपस्थिति रहेकाे थियाे ।
उक्त कार्यक्रम नेपाली काङ्ग्रेस रामधुनी ५ नं कार्यसमितिले आयाेजना गरेकाे थियाे ।