इनरुवा । सुनसरीको बराहक्षेत्र नगरपालिका ३ स्थित नहरमा डुबेर एकजना नाबालिकाको मृत्यु भएको छ ।
सोमबार दिउँसो बाटोमा खेल्ले क्रममा अचानक नहरमा डुबेर धरान उपमहानगरपालिका १७ घर भइ हाल बराहक्षेत्रस्थित मामा घरमा बस्दै आएकी ५ वर्षीय कृष्णा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
नहरमा बेपत्ता भएको भन्ने खबर प्राप्त भएसँगै अस्थाई प्रहरी चौकी बाङ्गेबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा बराहक्षेत्र ८ शेरे चोकस्थित सोही नहरमा मृत अवस्थामा फेला पारिएको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।