इनरुवा । सुनसरीको इनरुवामा र्याली निकाली मनाइयो २९ औं विश्व आदिवासी दिवस मनाएको छ ।
बुधबार इनरुवा–८ बंकुलुवाबाट उराँउ समुदायहरुले विभिन्न नाराका साथ र्याली निकाली इनरुवा बजार परिक्रमा गर्दै २९ औं विश्व आदिवासी दिवस मनाइको हो ।
उक्त र्याली आई एल ओ १६९ लागु गर !,जल,जंगल,जमिनको स्वामित्व प्रदान गर !,आदिवासी जनजाति एक हौं ! लगायतका नारा लगाएको थियो ।
पहिचान र अधिकार सुनिश्चितताको लागि आदिवासी आन्दोलनमा सहभागी बनौं, परम्परागत ज्ञान सिपको प्रवर्द्धन गर्दै पुर्ख्यौली भूमि, भाषा र संस्कृतिको संरक्षण गर्नेै उदेश्यले इनरुवामा पहिलो पटक उराँउ समुदयले इनरुवामा उक्त र्याली निकालेको राजा पहडा सरना प्रर्थना सभा नेपाल,इनरुवा सुनसरीका अध्यक्ष रामकिसुन उराउँले जानकरी दिए ।
कार्यक्रममा नेपाली कांग्रसका नेता सुर्यदेव दास उराँउ,भोक्राहा नरसिंह गाउँपालिकाका उपाध्यक्ष सुनिता उराँउ,राजु उराँउ लगायतका अतिथिहरुको आतिथ्यता रहेको थियो भने तिन सय भन्दा बढी मानिसहरुको उपस्तिती रहेको थियो ।
नेपाल झाँगड(उराँउ)कोड्रोम सुधराआ कार्या गुठियारा आ जिल्ला कार्यसमिति,सुनसरीको आयोजनामा सम्पन्न भएको थियो ।