इनरुवा । कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले चोरी मुद्दाका एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
चोरी मुद्दामा जिल्ला अदालत सुनसरीको २०७९।१०।१९ गतेको सजाय निर्धारण फैसला आदेशले ५ महिना ३ दिन कैद र १० हजार जरिवाना तोकिएका इटहरी उपमहानगरपालिका ८ का २८ वर्षीय मनिष चौधरीलाई पक्राउ गरिएको हो ।
उनलाई मंगलबार (आज) गाउँघरबाट नै पक्राउ गरेको प्रहरीले जनाएको ।
पक्राउ परेका चौधरीलाई जिल्ला अदालत उपस्थित गराइएकोमा तोकिएको सजाय भुक्तानको लागि झुम्का कारागार पठाइएको छ ।