ADVERTISEMENT
Friday, February 13, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

पुर्खौली पेशा लोप हुने चिन्ता

गणेश कुमार यादव by गणेश कुमार यादव
September 8, 2023
in समाचार
0
पुर्खौली पेशा लोप हुने चिन्ता
46
SHARES
Share on FacebookShare on Twitter

डम्बर राई

कञ्चनरुप ।आरनमा बसेर थरी थरिका फलामे घन ठोक्ने नित्यकार्य हो तिलक बहादुर विश्वकर्माको । उमेरले ६० पुग्नै लागेका बिश्वकर्मालाई परिवर्तित युगले कुनै प्रभाव पारेको छैन ।

आधुनिक समय अनुसार सबै बदलिदै गएपनि उनी बदलिन सकेका छैनन् । सप्तरीको कन्चनरुप नगरपालिका १२ स्थित भट्टीटोलमा बस्दै आएका विश्वकर्माले कृषि हतियार बनाउदै आएका छन् । लामो समयदेखी रुपनगर चोकमा आरन थापेर बाबू बाजेले गर्दै आएको पेशालाई सम्हालेरै उनले जीविकोपार्जन गर्दै आएका हुन्।

खरको टाटीले बारेको सानो कटेरोभित्र बिहान ६ बजे देखि बेलुकी ६ बजेसम्म उनको नित्यकार्य हो ।

आधुनिक युगको आविष्कारले पुराना पेशाहरु लोप हुँदै गएपनी आफुले जानेको पेशा छाडेर अर्को विकल्प नभएको उनको भनाई छ । कहाँ जाउ के गरु ? उमेरले पाको भैसक्यो १८ वर्षकाे उमेरदेखि गर्दै आएको काम सकुञ्जेल गर्नैपर्छ नगरे चुल्होमा आगो सल्किदैन उनको चिन्ता हो।

उनले भने बुबा राम बहादुर बिश्वकर्माले यहि पेशा गरेर हुर्काउने बाहेक सम्पतिको नाममा एकधुर जग्गा जोड्न सक्नुभएन आज मेरोपनी बुबाकै हालत भो । २०२२ सालमा जन्मिएका मेरा जोडि साथीहरुले राम्रै प्रगती गरेर बसेका छन तर म भने सधैको सुकुम्वासी उनले भने गरीवीका कारण पढ्न नसक्दा पुर्खौली पेशामै १२ घण्टा जोतिन वाध्य छु ।

कुटो, कोदालो, हसिया, खुकुरी, फाली लगायत लुहाका अन्य कृषि सामाग्री बनाएर बिक्री तथा ज्याला असुली गरिदै आएको पेशा लोप हुने चिन्ता छ उनलाई । १० वर्ष पहिलाको जस्तो अहिले आफुले बनाएको सामानहरु बिक्री हुदैन चिन्ता जनक उनले भने आधुनिक उत्पादनशील सामाग्रीहरु बजारमा आउन थालेपछि हातको सिप पाखा लाग्न थाल्यो ।

पहिलाको तुलनामा कमाइ छैन तर जानेको सिपयुक्त पेशालाइ छाडेर गर्ने के ? अरु नै पेशा अपनाउन फेरीपनी सीप, ज्ञान, अर्थ चाहिन्छ त्यो आफुबाट सम्भव छैन उनले थपे । चार भाइ छोराहरुबाट बुढेसकाल लागेका बुबालाई कुनै सहयोग छैन ।

बनिबुतो, ज्यामी काम गर्दै आफुहरुको पेट पाल्न धौ धौ छन छाेराहरु हामी आमा बुबालाइ त दिदैनन उनले दुखेसो गरे । उनले भने पढाइ लेखाइ नभएकाहरुले भने जस्तो राम्रो काम पाउदैन, बैदेशिक रोजगारमा जान लाखौ लाग्छ त्यो जुटाउन सकिँदैन यहि सिपमा लगाउ भने पेशा नै जोखिममा छ ।

बुबाको देहान्त भएको धेरैपछिसम्म आमा राधाले बुवाको जस्तो सीप सिकाउन प्रेरणा दिएको बताए ।

Previous Post

धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

Next Post

रामजानकी मन्दिरका पुजारीमाथि आक्रमण

Next Post
रामजानकी मन्दिरका पुजारीमाथि आक्रमण

रामजानकी मन्दिरका पुजारीमाथि आक्रमण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2802 shares
    Share 1121 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2231 shares
    Share 892 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1529 shares
    Share 612 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1386 shares
    Share 554 Tweet 347
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1371 shares
    Share 548 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist