ADVERTISEMENT
Monday, May 11, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

द्वारिकलाल चौधरी एमालेमै कमब्याक !

गणेश कुमार यादव by गणेश कुमार यादव
September 21, 2023
in समाचार
0
द्वारिकलाल चौधरी एमालेमै कमब्याक !
48
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । इटहरीका पूर्व मेयर द्वारिकलाल चौधरीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग तस्वीर खिचाएर सार्वजनिक गरेका छन् । उनी लामो समयपछि सामाजिक सञ्जालमा देखिएका हुन् ।

गत वर्षको पुसमा आफ्नो फेसबुकमा प्रोफाइल फोटो परिवर्तन गरेपछि सामाजिक सञ्जालमा सक्रिय नभएका उनले एमाले अध्यक्ष ओलीसँगको तस्वीर सार्वजनिक गरेका हुन् ।

ओली निवास बालकोटमा खिँचिएको तस्वीरको क्याप्सनमा उनले लेखेका छन्, ‘श्रद्धेय कमरेड सङ्ग फेरि ।’

लामो समयको अन्तरालपछि सामाजिक सञ्जालमा उनको कमब्याक, त्यो पनि एमाले अध्यक्ष ओलीसँगको तस्वीरबाट हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । यससँगै एमालेका स्थानीय वृत्तमा चौधरी पुनः एमालेमै कमब्याक भएको चर्चासमेत हुन थालेको छ ।

एमालेले उनलाई टिकट नदिएपछि माओवादी प्रवेश गरी गत निर्वाचनमा प्रदेश सांसदको चुनाव लडेका उनी एमालेका रेवती भण्डारीसँग पराजित बने ।

त्यसयता उनी माओवादीको कार्यक्रममा खासै देखिएनन् । माओवादीको कार्यक्रममा मात्र होइन, कुनै पनि सार्वजनिक कार्यक्रम र मिडियामा उनी देखिएका थिएनन् । सामाजिक सञ्जालमा अभिव्यक्तिहरू दिइरहने उनको सामाजिक सञ्जाल सक्रियतासमेत शून्य बनेको थियो ।

नौ महिनापछि एकैपटक बालकोटको तस्वीर सामाजिक सञ्जालमा राख्दै उनले आँफू एमालेमै फर्किएको संकेत दिएका छन् ।

 

Previous Post

गण्डकीका मन्त्रीहरुको सम्पत्ति विवरण : स्काभेटर, ट्याक्टरदेखि र बन्दुकसम्म

Next Post

सर्लाहीमा पुनः दुई समुदाय विच झडप, एकको अवस्था गम्भिर, कर्फ्यू लगाईयो

Next Post
सर्लाहीमा पुनः दुई समुदाय विच झडप, एकको अवस्था गम्भिर, कर्फ्यू लगाईयो

सर्लाहीमा पुनः दुई समुदाय विच झडप, एकको अवस्था गम्भिर, कर्फ्यू लगाईयो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2806 shares
    Share 1122 Tweet 702
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2233 shares
    Share 893 Tweet 558
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1692 shares
    Share 677 Tweet 423
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1394 shares
    Share 558 Tweet 349

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist