ADVERTISEMENT
Friday, December 5, 2025
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

प्रेमी भेट्न आएकी युवतीलाई बैँकका कर्मचारीले बलात्कार प्रयास गरेपछि…

गणेश कुमार यादव by गणेश कुमार यादव
September 23, 2023
in समाचार
0
प्रेमी भेट्न आएकी युवतीलाई बैँकका कर्मचारीले बलात्कार प्रयास गरेपछि…
57
SHARES
Share on FacebookShare on Twitter

इलाम । आफ्नो प्रेमीलाई भेट्न आएकी एक महिलालाई अर्के व्यक्तिले बलात्कारको प्रयास गरेको पाइएको छ ।

इलाम घुम्न आएकी युवती प्रेमीको कोठामा बसिरहेका बेला प्रभु बैंक इलाम शाखाका कर्मचारी प्रमेश पोखरेलले बलात्कार प्रयास गरेका हुन् ।

बिश्वकर्मा पूजाको दिन इलाम आएकी युवती प्रेमीको कोठामा बसिरहेका बेला पोखरेलले बलात्कारको प्रयास गरेको बताइएको छ । पीडितले जाहेरी दिएपछि प्रहरीले अनुसन्धान गरेको थियो । प्रहरीले पीडितको बयान र स्वास्थ्य जाँच गरी जिल्ला अदालतमा पेश गरे पनि अदालतले म्याद थपको अनुमति दिएको छैन ।

घटनाको अनुसन्धान गरी म्याद थपको अनुमति मागेको र अनुमति पाउने बित्तिकै थप अनुसन्धान गर्ने प्रहरीले जनाएको छ ।

युवतीलाई बलात्कार प्रयास गर्ने प्रभु बैंकका कर्मचारी प्रमेश पोखरेल दैनिक मातेर बैँक पुग्ने गरेकोसमेत पाइएको छ । बैंकको विराटनगर शाखामा पनि पोखरेलले रक्सीको नसामा हर्कत गरेपछि इलाम सरुवा गरिएको थियो । सँधै पनि बैंकमा दैनिक रक्सीमा लठ्ठ परेर आउने गरेको र घटना भएको दिनमा पनि मातेर नै बैंकमा पुगेको पाइएको छ ।

युवतीको प्रेमी र पिडक दुबै बैंकका कर्मचारी हुन् । प्रेमीसँगै खाना खाएका बेला पिडकले युवतीलाई देखेका थिए । खाना खाएको केही घण्टापछि साथीको कोठामा पिडक पुगेका थिए ।

यो घटना असोज २ गते दिउँसो साढे ३ बजेको हो । डेरा बस्दै आएका प्रेमीको कोठामा युवती बसेकी थिइन् । युवतीको प्रेमी पनि इलाम सदरमुकाममा रहेको अर्को बैंकका कर्मचारी हुन् । युवती बसेको कोठामा जानु अघि पिडक उनको प्रेमीले काम गर्ने बैंकमा पुगेका थिए ।

बैंकमा पुगेका बेला युवतीका प्रेमी काममा व्यस्त थिए । त्यसलगत्तै निस्किएका प्रभु बैंकका ती कर्मचारी बैंकको ड्रेसमा युवती भएको कोठामा पुगेका थिए । उनी मोबाइल चार्ज गर्ने नहुँमा युवती बसेको कोठामा पुगेको पिडितले बताइन् । युवतीले भनिन–‘ढोका खोलेपछि सर त हुनुहुन्न भने, तर म आराम गर्छु भनेर भित्र पसे र ढोका बन्द गरे ।’

त्यसपछि ढल्किएर बसेका उनले मेरो मोबाइल खोसेर फ्याकिदिए र मेरो काखमा एक्कासी आएर कपडा खोल्ने प्रयास गरे । मदिराले लठ्ठ परेका पिडकले सुरुमा लुगा खोल्न लगाएको तर नमानेपछि लछारपछार पारेको उनी बताउँछिन् ।

जबरजस्ती लडाएर आधि लुगा खोलेपछि उनको टाईमा पक्रिएर आँफू भागेको पीडित युवतीको भनाइ छ ।

‘त्यसपछि म ढोका खोल्न सफल भएर बाहिर निस्केँ । त्यसको १० मिनेटपछि प्रेमी आइपुगे । त्यसपछि के गर्ने भन्ने सल्लाह गर्दागर्दै रात पर्यो र भोलिपल्ट असाज ३ गते बिहान प्रहरी कार्यालय पुगेर जाहेरी गरेका हौँ ।’

पीडितले प्रहरी कार्यालयमा जाहेरी दिएपछि प्रहरी पिडकको कोठामा पुगेको थियो । प्रहरीले पिडकको कोठाबाट युवतीको कोठामा पुग्दा लगाएको बैँकको ड्रेस बरामद गरेको छ । कोठाबाट चुरोट र रक्सीका बोतलहरु पनि प्रहरीले फेला पारेको छ ।

घटनालाई सामसुम बनाउन पीडितका अभिभावकलाई पिडकका आफन्त पनि पुगेका छन् । ‘धेरैजनाले घटना बाहिर नल्याइदिन अनुरोध गर्नुभएको छ, तर मैले हामीले मानेका छैनौँ ।’

घटनाको मिलापत्र गर्न र बाहिर नल्याइदिन पीडितको प्रेमीलाई पिडकका आफन्त र साथीले आग्रह गर्दै आएका छन् ।

राजधानी दैनिकबाट

Tags: प्रेमी भेट्न आएकी युवतीलाईबलात्कार प्रयास गरेपछि
Previous Post

अस्पतालको शौचालयमा नवजात शिशु मृत फेला

Next Post

शब्दकोषमा सग्लो छ ॐ, ७ वर्षअघि नै सल्टेको विवादमा अदालतले माग्यो एमिकस क्यूरी

Next Post
शब्दकोषमा सग्लो छ ॐ, ७ वर्षअघि नै सल्टेको विवादमा अदालतले माग्यो एमिकस क्यूरी

शब्दकोषमा सग्लो छ ॐ, ७ वर्षअघि नै सल्टेको विवादमा अदालतले माग्यो एमिकस क्यूरी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2801 shares
    Share 1120 Tweet 700
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2226 shares
    Share 890 Tweet 557
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1528 shares
    Share 611 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1384 shares
    Share 554 Tweet 346
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1370 shares
    Share 548 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist