इनरुवा । सुनसरीको इनरुवामा तिज तथा जितिया पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार इनरुवा–४ स्थित रहेको नयाँ बसपार्कमा इनरुवा नगरपालिकाको आयोजनामा तिज तथा जितिया पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो ।
उक्त शुभकामना कार्यक्रममा इनरुवा नगरपालिकाका जनप्रतिनिधि तथा नगर क्षेत्रका महिलाहरूले नाचगान गर्दै दर खाएर एकआपसमा तिज तथा जितिया पर्वको शुभकामना आदानप्रदान गरेको थियो । उक्त कार्यक्रममा जनप्रतिनिधि, महिला, बालबालिका लगायत युवतीहरूले नेपाली तिजका गीतमा नाचगान गदै मनोरञ्जन गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य राजिव कोइरालाले कार्यक्रमले जितिया तथा तिजको सस्तो शुभकामना आदानप्रदान कार्यक्रमले नेपाली संस्कृतिको जगेर्ना गर्ने र समाजमा एकआपसी सदभाव कायम गर्ने बताउदैन सम्पूर्ण हिन्दु धर्मावलम्बीहरू महिला दिदी बहिनीहरूमा जितिया तथा तिजको शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा इनरुवा नगरपालिकाका नगर प्रमुख केदार भण्डारी, उपप्रमुख बिनिता मेहता लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य राजिव ढुंगाना, संघीय सांसद सिताराम मेहता, प्रदेश सांसद ज्योति सुब्बा, प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादव ,नेपाली कांग्रेसका जिल्ला सभापति तथा इनरुवा नगरपालिकाका मेयर केदार भण्डारी, उपप्रमुख बिनिता मेहता लगायत इनरुवा नगरपालिका क्षेत्र भित्रका महिला, युवा, युवतीहरूको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रम इनरुवा नगरपालिकाको आयोजना तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य राजिव कोइरालाको प्रमुख आतिथ्यमामा सम्पन्न भएको थियो । भिडियो हेर्नुहोस् :