इनरुवा । सुनसरीको इनरुवा अस्पतालमा सेवा विस्तार तथा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार जिल्ला अस्पताल इनरुवामा सेवा विस्तार तथा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो । जिल्ला अस्पताल इनरुवाले सेवा विस्तार गर्दै इको र इन्डोस्कोपि सेवा उद्घाटन गरि सञ्चालमा ल्याएको इनरुवा अस्पतालका मेडिकल सुपरिडेन्टेड तथा वरिष्ट फिजिसन डा. देवराज घिमिरेले जानकारी दिए ।
एमडी,डीएम पेट,आन्द्रा तथा कलेजो रोग विशेषज्ञ डा.मोहन खड्काले इको र इन्डोस्कोपि सञ्चालन गरि सर्बसाधारणलाई सेवा प्रदान गरेका थिए । सेवा विस्तार तथा उद्घाटन कार्यक्रममा इनरुवा नगरपकलिकाका प्रमुख केदार भण्डारी,जिसस प्रमुख राजन मेहता,उद्योग वाणिज्य संघ एनरुवाका अध्यक्ष विरेन्द्र साह,इनरुवा नगरपालिका वडा नं–५ का वडा अध्यक्ष अनिल कुमार पोखरेल,तोया गिरी,डा.देवराज घिमिरे डा.मोहन खड्का लगायतको उपस्थिती रहेको थियो भने इनरुवा अस्पतालका कर्मचारी लगाउत आम सर्वसाधारणको सहभागिता रहेको थियो ।
जिल्ला अस्पताल इनरुवामा डा.घिमिरे आएपछि अस्पतालको मुहार फेरिएको छ । अस्पतालका वेथितीहरुलाई अन्त्य गरि सुधारका कार्यहरूलाई अघि सारिएको छ ।
इनरुवा अस्पतालमा आउने सेवाग्राहीहरुलाई रेफर नगरी उपचार गरि घर फर्काउन थालेपछि अहिले सेवाग्राहीहरु खुशी भएका छन् । अस्पताल आवश्यक सेवा सुविधाहरुलाई चुस्त द्रुस्त बनाई समयमै उपचार गर्न थालेपछि अहिले विभिन्न सेवाहरु थप गरि सेवा सुचारु गरेका हुन ।