ADVERTISEMENT
Wednesday, February 18, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

रेडियो सामाचकेवाको उत्कृष्ट तीन प्रतियोगी पुरस्कृत

गणेश कुमार यादव by गणेश कुमार यादव
November 30, 2023
in समाचार
0
रेडियो सामाचकेवाको उत्कृष्ट तीन प्रतियोगी पुरस्कृत
48
SHARES
Share on FacebookShare on Twitter

सप्तरीll । दिदीबहिनीको स्नेह र दाजुभाईको पराक्रमको प्रतीक सामा चखेवा लोकगीत प्रतियोगितामा ललिता यादव प्रथम हुनुभएको छ ।
रेडियो सिएफ ९४.८ मेगाहर्जबाट गत शनिबार भएको प्रतियोगितामा सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–६ की यादव प्रथम हुनुभएको हो ।
यसैगरी राजविराज नगरपालिका–६ की रमिला साह द्वितीय र तिलाठी कोईलाडी गाउँपालिका–७ की अशिया देबी यादव तृतीय हुनुभएको छ ।
रेडियो सिएफमा बुधबार आयोजित एक कार्यक्रमका बीच नेपाल पत्रकार महासंघ सप्तरीका सल्लाहकार मनोहर पोखरेलले बिजेतालाई माला, गम्छा पहि¥याउँदै नगद पुरस्कार प्रदान गर्नुभयो ।
पुरस्कार वितरण गर्नुहुँदै पोखरेलले मानव सभ्यतासँगै दिदीबहिनीको स्नेह र दाजुभाइको पराक्रमको शिलशिला सुरु भएको बताउनु भयो । पद्म पुराण र स्कन्ध पुराणमा उल्लेखित कथाको चर्चा गर्नुहुँदै पोखरेलले मौखिक परम्पराले डोहो¥याउँदै आएको मिथिला क्षेत्रको महत्वपूर्ण पर्वहरुलाई महिलाहरुले जिवन्त राखेकोमा सह्राना गर्नुभयो ।
यसैगरी उपविजेता रमिला साहलाई बरिष्ठ फिजिशियन डाक्टर आशिष झा र तृतीय आशा देवीलाई बाल रोग बिशेषज्ञ डाक्टर मुकुन्द देवले गम्छा, माला पहि¥याउँदै नगद पुरस्कार प्रदान गर्नुभयो ।
हनुमाननगर कंकालिनी नगरपालिका–१० का फुलदेव मण्डलले लोकसंस्कृती संरक्षणका लागि छोरा निखिल नयन मण्डलको ११औ जन्म दिनको अवसर पारेर सामाचखेवा गीत प्रतियोगिताका लागि पुरस्कार राशी उपलब्ध गराउनु भएको थियो । नवीन निर्भय यादवद्वारा एक घण्टा चलेको प्रतियोगिताको निर्णय साहित्यकार विद्यानन्द बेदर्दीले गर्नुभएको थियो ।
प्रतियोगितामा पुरस्कृतसहित तिलाठी कोईलाडी गाउँपालिका–६ बाट निशा यादव, ७ बाट हरेराम राय, ८ बाट अनिल अजन्मीको सहभागिता रहेको थियो ।
भाइटिका, भरदुतिया, किजा पूजा झै सामाचखेवा पर्वले दिदीबहिनीको स्नेह र भाइको पराक्रम दर्शाउने गर्छ । पुराणमा उल्लेख भएअनुसार सामा र चखेवा (चारुवक्य) पतिपत्नी हुन् । उनीहरू नै यो गीति नाटक वा परम्पराका मुख्य पात्रहरू हुन् । चारुवक्य आश्रममा बस्ने गर्थे । श्यामा (सामा) भगवान कृष्णकी छोरी हुन् । यही कथामा चुगलाको पनि भूमिका देखिन्छ । चुगला एक कुरौटे पात्र हुन् । आश्रममा बस्ने चखेवालाई भेट्न गएकी सामाको कुनै ऋषिसँग प्रेम चक्कर रहेको कुरा चुगलाले श्रीकृष्णलाई सुनाउन पुग्छन् । श्रीकृष्णले पनि सत्य कुरा नै नबुझी सामालाई चरा बन्ने श्राप दिन्छन् । सो कुरा सामाका भाइ शम्बले थाहा पाउँछन् । आफ्नी दिदीलाई पूर्ववत् अवस्थामा फर्काउनको लागि आफ्ना बाबुसँग उनी अनुनय विनय गर्छन् । जतिगर्दा पनि दिदीलाई पूर्ववत् अवस्थामा फर्काउन नसकेपछि उनी अन्ततः तपस्या गर्न सुरु गर्छन् ।
अर्काेतर्फ आफ्नी पत्नी सामा चरा भएको वियोगमा चखेवाले पनि चराकै स्वरुप धारण गरेर सामासँगै बस्न थाल्छन् । पछि कात्तिक पूर्णिमाको दिन शम्बको तपस्याबाट सन्तुष्ट भएर सामा र चखेवालाई नै पूर्ववत् स्वरुपमा फर्काएको भन्ने पौराणिक कथा छ ।
त्यसैले यो पर्व भाइको वीरता, उदारता र प्रशंसाको वर्णन, दिीबहिनीको अदभूत भ्रातृत्व प्रेमको चित्रणमा केन्द्रित छ । कुरौटे समाजको पनि यसमा चित्रण गरिएको छ । यो गीति संवादकोे माध्यमबाट अभिव्यक्त गर्ने गीति नाटक हो ।
परम्पराअनुसार मिथिलाका ललना (छोरीचेली, दिदीबहिनी) ले सामा खेल सुरु गर्ने गर्छन् । कात्तिक शुक्ल पञ्चमीदेखिको एघारौं दिन कात्तिक पूर्णिमामा सामा–चकेवाको विसर्जन गरी समापन गर्ने धार्मिक मान्यता छ ।

Previous Post

गैँडाको खागसहित तस्कर पक्राउ

Next Post

उवासंघ तथा उवासंघका अध्यक्ष बिरेन्द्रकुमार साह सम्मानित

Next Post
उवासंघ तथा उवासंघका अध्यक्ष बिरेन्द्रकुमार साह सम्मानित

उवासंघ तथा उवासंघका अध्यक्ष बिरेन्द्रकुमार साह सम्मानित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2802 shares
    Share 1121 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2231 shares
    Share 892 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1529 shares
    Share 612 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1386 shares
    Share 554 Tweet 347
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1371 shares
    Share 548 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist