Monday, May 19, 2025
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

करम पुजामा उराँव जीवन दर्शन प्रदर्शन

गणेश कुमार यादव by गणेश कुमार यादव
September 18, 2024
in मुख्य समाचार, समाचार, स्थानीय समाचार
0
करम पुजामा उराँव जीवन दर्शन प्रदर्शन
55
SHARES
Share on FacebookShare on Twitter

असोज २ गते,इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा उराँव समुदायको महान पर्व करम पुजाको अबसरमा उराँव जीवन दर्शन प्रदर्शन गरिएको छ । बुधबार उराँवहरुले करम पुजाको अबसरमा उराँव जीवन दर्शन प्रदर्शन गरिएको हो । नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठान इनरुवाले सामूहिक जमरा राखेको एक हप्तापछि करमको अबसरमा उराँव समुदायको जन्मदेखी मृत्युसम्मको संस्कार झल्किने उराँव जीवन दर्शन प्रदर्शन गरिएको हो । उराँव समुदायका युवा तथा नयाँ पुस्तालाई संस्कार, संस्कृति, तिरिजिवाज र कला जनाकारी गराउने उदेश्यले उराँव जीवन दर्शन प्रदर्शन गरिएको प्रतिष्ठानका अध्यक्ष बेचन उराँवले जानकारी दिनुभयो ।
यसैबीच कोशी प्रदेशका उराँवहरुको ३५ वटा समूहको सहभागितामा विभिन्न स्थानमा झाकी तथा र्याली प्रदर्शन गरिएको छ । प्रकृति पुजक उराँवहरुले आफ्नो सांस्कृतिक तथा धार्मिक कार्यक्रम सहित महान पर्व करम पुजामा आफ्नै भाषामा गीत, नाच, आफ्नै पहिरणमा झाकी प्रर्दशन गरेका छन् ।
प्रत्येक वर्ष भदौ पूर्णिमाका दिन मनाउने करम पुजाको दिन बुधबार सदरमुकाम इनरुवामा नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठान इनरुवाले सातौ करम पूर्व सन्ध्या कार्यक्रम गरेको छ । सामूहिक अखडा (नाचगान) सहित साताअघि नै राखेको जमारा लगाएर करम पुजा सहित सांस्कृतिक कार्यक्रम गरेको जनाएको छ ।
प्रतिष्ठाकै आयोजनामा सातौं करम पूर्व सन्ध्या कार्यक्रम दुई हजार बढी उराँवहरुको सहभागितामा सम्पन्न भएको प्रतिष्ठानका अध्यक्ष बेचन उराँवले जानकारी दिनुभएको छ । सातौं करम पूर्व सन्ध्या तथा सांस्कृतिक कार्यक्रमका प्रमुख अथिति पूर्व प्रदेश संसदीय दलका नेता तथा नेपाली काग्रेंसका केन्द्रिय सदस्य राजिव कोईरालले सबै जातजातीको संस्कार, संस्कृति र पहिचानको संक्षरणको पक्षमा आफूहरु रहेको बताउनुभयो ।
कोईरालाले सबै नागरिक समान भएकाले उराँवहरुको समेत राज्यको हरेक निकायउमा उपस्थिती र प्रतिनिधित्व गराउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले उराँवहरुको हक, हित र अधिकारसगैं संस्कार, संस्कृति र पहिचानको संक्षरणको पक्षमा रहेको बताउनुभयो ।
त्यसैगरी पूर्व संघीय राज्य मन्त्री सिताराम मेहताले देशको विभिन्न जनजाती मध्ये उराँवहरु पनि एक भएको र उनीहरुको भाषा, धर्म, संस्कृति, रितिरिवाज र पहिचान रहेकोले आफूहरु आफ्नो क्षेत्रमा प्रोत्साहनका लागि काम गर्ने बताउनुभयो ।
जिल्ला समन्वय समिति महासंघका केन्द्रिय अध्यक्ष राजन मेहताले उराँवहरु तराई मधेसको धर्ती पुत्र भएकाले उनीहरुको संक्षरणमा राज्यले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले आफू सदैव उराँवहरुको हक,हित र अधिकारको पक्षमा रहेको बताउनुभयो ।
भारतको राची विश्व विद्यालयका प्रा.डा. हरी उराँवले नेपाली उराँवहरुलाई राज्यले सम्मान गर्ने काम गरेको र कोशी प्रदेशले विदा समेत दिएकाले खुसी व्यक्त गर्नुभयो । उहाँले नेपाली उराँवहरुको जीवन स्तर उकास्ने खालका नीति तथा कार्यक्रमहरु राज्यले ल्याउनुपर्नेमा जोड दिनुभयो । त्यसैगरी भारतको राची विश्वविधालय र झारखण्डका अनुशंधानकर्ता डा.बन्दे खल्खोले नेपाल र भारतको बीचमा रहेको सम्बन्धलाई उराँव समुदायले पनि जोड्न योग्दान गरेकाले नेपाली उराँवहरुको पहुच र पहिचानका लागि राज्यले लोककल्याकारी कार्यक्रमहरु गर्नुपर्नेमा जोड दिनुभयो ।
आफ्नो महान पर्व करम पूजाको अवसरमा पूर्वसन्ध्या तथा सांस्कृतिक कार्यक्रम भव्यताका साथ गरेको प्रतिष्ठानका सचिव सम्पतलाल उराँवले जानकारी दिनुभयो ।
उराँवहरु आफ्नै मौलिक भेषभुषामा सजिएर ¥याली र झाकी पर्दशन सहितको कार्यक्रम एतिहासिक रुपमा गरेको राष्यिट मानव अधिकार आयोगका अधिकृत तथा प्रतिष्ठाका सल्लाहका शारणा उराँवले बताउनुभयो । उराँव जीवन दर्शन तथा करम पूर्व सन्ध्या कार्यक्रमबाट उराँव समुदायको महान पर्वको बारेमा जानकारी दिने तथा भाषा, कला , संस्कृतिको संरक्षण गर्न र मौलिकता प्रदर्शन गर्न योगदान पुगेको प्रतिष्ठानका दुर्गा उराँवले बताउनुभयो । उहाँले उराँवहरूको हक, अधिकार र पहिचानका लागि योगदान रहने गरि करम पूर्व सन्ध्या कार्यक्रम गरिएको जानकारी दिनुभयो ।
वहाँले उराँव समुदाय इनरुवाको पहिलो जाती मध्येको एक भएकाले उनीहरुको भाषा, कला, संस्कृति र संस्कारको संरक्षणमा आफूहरुले कार्यक्रम विगत सात वर्षदेखी गर्दै आएको बताउनुभयो ।
प्रतिष्ठानका ब्रहमदेव उराँवका अनुसार करम पूर्व सन्ध्या तथा सांस्कृतिक कार्यक्रममा उराँव कलाकारहरूले नाटक, नृत्य, र्याली र झाँकी प्रदर्शन गरेको छ । करम पूर्व सन्ध्या कार्यक्रममा आफ्नो कला कौशल, गीत, नृत्य, पहिरन, बाजागाजा, पोशाक, मौलिक हातहतियार, कृषि औजार, जीविकोपार्जनका साधन प्रदर्शन गरिएको नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठानका सहसचिव देवप्रकाश उराँवले बताउनुभयो ।
उराँवले नयाँ पुस्तालाई उराँव समुदायको परम्परागत भेषभुषा र भाषा, संस्कृति बारे जानकारी दिन र इनरुवा झोडा फँडानीमने समयमा बसोबास गर्ने पहिलो जाति भएकाले यस जातिका बारेमा सबैलाई जानकारी गराउनको लागि करम पूर्व सन्ध्या तथा संस्कृतिक कार्यक्रम सार्थक भएको उल्लेख गर्नुभयो ।
यसैबीच सोही अबसरमा उराँव समुदाय सम्मान २०२४ बाट प्रा.डा. हरी उराँवलाई सम्मान गरेको जनाएको छ । प्रतिष्ठानको निम्तोमा भारतको राची विश्वविधालय र झारखण्डका अनुशंधानकर्ता, भारतीय आदिबासी विकास परिषद विहारका अध्यक्ष जितेन्द्र उराँव, मिडिया प्रभारी आन्नद लाक्डा, विश्वनाथ उराँव, डा.बन्दे खल्खो सहितका अथितिहरु आउनुभएको थियो । करम पूजा मनाउनलाई उराँवहरु एक हप्ता अगाडि बाजा–गाजा सहित स्थानीय नदीबाट जमरा राख्न वालुवा ल्याएर जमरा राखिएको थियो । सोही जमारा लगाएर पुजासगैं सातौं करम पूर्व सन्ध्या तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको प्रतिष्ठानका अध्यक्ष बेचन उराँवले जानकारी दिनुभयो ।

Previous Post

युवा नेता अभिषेक गिरिद्वारा विपन्न परिवारलाई नगद तथा सामग्री सहयोग

Next Post

इनरुवामा सामुदायिक कुकुरको बन्धयकरण सुरु

Next Post
इनरुवामा सामुदायिक कुकुरको बन्धयकरण सुरु

इनरुवामा सामुदायिक कुकुरको बन्धयकरण सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2784 shares
    Share 1114 Tweet 696
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1517 shares
    Share 607 Tweet 379
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1376 shares
    Share 550 Tweet 344
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1366 shares
    Share 546 Tweet 342
  • जब प्रजिअ पाण्डे दलबल बिना छठ घाटमा पुगिन्

    821 shares
    Share 328 Tweet 205
ADVERTISEMENT

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता :सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist